नेपाल भित्रियो नयाँ मोटरसाइकल ब्राण्ड जोङसेन, ब्राण्ड एम्बेसडरमा ‘कक्रोज’

काठमाडौं । चिनियाँ मोटरसाइकल ब्राण्ड जोङसेनका उत्पादन नेपाल आउने भएको छ । रिजोन मोटर प्रालिले जोङसेन ब्राण्डका मोटरसाइकल नेपाल ल्याउने घोषणा गरेको हो ।

कम्पनीले जोङसेन मोटरसाइकलको ब्राण्ड एम्बेसडरमा हास्य टेलिश्रृङ्खलाका कलाकार हरिष निरौला ‘कक्रोज’लाई नियुक्त गरेको छ ।

कम्पनीका अनुसार जोङसेन मोटरसाइकल असारदेखि नेपालमा विक्री सुरु हुनेछ । हाल कम्पनीले प्रविधिक कामहरु गरिरहेको छ भने, चाँडै नै नेपालका विभिन्न सहरहरुमा शोरुम समेत स्थापना गर्ने जनाएको छ ।

कम्पनीले पहिलो चरणमा २ मोडलका मोटरसाइकल र एक मोडलको स्कुटर नेपाली बजारमा विक्री सुरु गर्ने जनाएको छ । कम्पनीले दोस्रो चरणमा थप ४ मोडलका स्कुटर तथा मोटरसाइकल नेपाल भित्र्याउने जनाएको छ । निकट भबिष्यमा नै इलेक्ट्रीक स्कुटरसमेत नेपाल ल्याउने तयारीमा कम्पनी रहेको छ ।

कम्पनीका अनुसार जोङसेनका २ लाखदेखि ८ लाखसम्मका मोटरसाइकल नेपाल भित्रने छन् ।

जोङसेन मोटरसाइकल हाल विश्वका ८० भन्दा धेरै देशमा विक्री भइरहेको छ भने, चिनियाँ टप ५ उत्पादक मध्ये एक रहेको कम्पनीले जनाएको छ ।

रिजोन मोटर्सले विक्रीपछिको सेवालाई मध्यनजर गर्दै यसको पार्टस् तथा सर्भिस सेन्टरको निर्माण तथा विस्तारको काम सुरु गरिसकेको जनाएको छ ।


Back_to_top