काठमाडौं । भारतको स्टार्टअप कम्पनीले १५ मिनेटमा फुल चार्ज हुने ब्याट्री र चार्जिङ टेक्नोलोजी निर्माण गरेको छ । इन्डियन कम्पनी लग ९ मेटेरियल्सले सार्वजनिक गरेको र्यापीड चार्जीङ ब्याट्री प्याक दुइपाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनमा प्रयोग हुने निर्माताहरुको दाबी छ ।
सुपर क्यापासिटर टेक्नोलोजिमा आधारित अल्ट्रा फास्ट चार्जिङ ब्याट्री प्याकमा ग्राफिनको प्रयोग गरिएको जनाइएको छ । जसमा परम्परागत लिथियम आयोन ब्याट्रीको तुलनामा अझै उत्कृट बनाएको कम्पनीको दाबी रहेको छ । कम्पनीका अनुसार यो चार्जिङ ब्याट्री प्याक १५ वर्षभन्दा धेरै काम गर्न सक्नेछ ।
ग्राफिन बेस्ड सुपरकापासिटर ब्याट्री प्याक आगो र प्रभाव प्रतिरोधमा लिथियम आयोन टेक्नोलोजीभन्दा पाँच गुणा बढि शक्तिशाली र राम्रो मानिएको छ ।
यो ब्याट्री प्याकले एक पटकको फुलचार्जमा मोटरसाइकल तथा स्कुटरमा ७० किलोमिटर र तीन पाङ्ग्रे सावारी साधन ६० देखि ८० किलोमिटरसम्म चलाउन सकिने दाबी निर्माता कम्पनीले गरेको छ ।
कम्पनीका सीइओ अक्षय सिंघलका अनुसार सन २०२२ को अन्त्यसम्ममा ३००० दुई पाङ्ग्रे तथा ३ पाङ्ग्रे सवारी साधनमा यो ब्याट्री प्याक प्रयोग गर्ने तथा २०२३ को अन्त्यसम्ममा २० हजार उत्पादन गर्ने लक्ष्य राखेको छ ।

