नेपालमा चर्चित बनेको जेडएस ईभी भारतमा १० हजार यूनिट बिक्री पूरा

काठमाडौं । नेपालमा अहिले सर्वाधिक चर्चामा रहेको इलेक्ट्रीक एसयूभी एमजी जेडएसले भारतमा १० हजार यूनिट बिक्री पुरा गरेको छ ।

नेपालमा कम्फर्ट र डिलक्स भेरियन्टमा बिक्री भइरहेको जेडएस भारतमा एक्साइड र एक्सक्लुसीभ गरी दुई भेरियन्टमा बिक्री हुँदै आएको छ । एमजीले भारतमा जेडएस ईभी सन् २०२० बाट बिक्री सुरु गरेको थियो । भारत गाडीको मूल्यलाई निकै महत्व दिने देशमा एमजी जेडएस २३ लाख ३८ हजारदेखि २७ लाख २९ हजार मूल्य तोकेर बिक्री गर्दै आएको छ ।

ब्रिटिस ब्राण्ड मोरिस ग्यारेज (एमजी)को उत्पादन जेडएस ईभी स्टाइल, प्रफर्मेन्स र लग्जरीको मिश्रण हो । यो एसयूभीमा कटिङ एज टेक्नलोजीबाट बनेको ५०.३ किलोवाट आवरको प्रिस्म्याटीक सेल ब्याट्री दिएको छ ।

जेडएस ईभीमा एएसआईएल डी, आइपी६९के र यूएल २५८० जस्ता ग्लोवल सेफ्टी स्ट्याण्डर्ड रहेको छ । सन् २०२२ मा फेसलिफ्ट भएको जेडएस ईभीमा पहिलेको ८ इन्चको सट्टा १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।

यसको इन्ट्रुमेन्टल क्लस्टर पनि पूर्ण डिजिटल ७ इन्चको रहेको छ । यसमा ड्यूल प्यानल प्यानारोमीक स्काई रुफ, पीएम २.५ एयरफिल्टर, अटोमेटीक एसी, रियर एसीभेन्ट, वायरलेस मोवाइल चार्जर, ३६० डिग्री क्यामरा आदि फिचरहरु रहेको छ ।


Back_to_top