हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर निर्माणका लागि नयाँ पेटेन्ट दर्ता गराएको छ । योसंगै हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने भएको हो ।
केही समय अगाडी कम्पनीले ब्याट्री स्वापका लागि ताइवानी कम्पनीसंग सहकार्य गरेको थियो ।
कम्पनीले ‘भिडा’ ब्रान्ड नेममा धेरै इलेक्ट्रीक नाम पेटेन्ट दर्ता गराएको हो । हिरो मोटोकर्पले कुनै पनि इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल हिरो इलेक्ट्रीकको नाममा उत्पादन गर्न पाउने छैन् । हिरो इलेक्ट्रीक हिरो मोटोकर्पका मालिक पवन मुन्जालका भतिजाको ब्रान्ड रहेको छ ।
कम्पनीले २०२२ मार्चसम्ममा इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने तयारी अनुरुप केही समय अगाडी ताइवानी कम्पनी गोगोरोसंग ब्याट्री स्वापका लागि सहकार्य गरेको छ भने अहिले ‘भिडा इलेक्ट्रीक’ नामको ट्रेडमार्क दर्ता गराएको हो ।
हिरो मोटोकर्पले ‘भिडा इलेक्ट्रीक, भिडा स्कुटर एण्ड भिडा मोटरसाइकल, भिडा मोटोकर्प, भिडा इभी’ जस्ता नामको ट्रेडमार्क दर्ता गराएको छ । यसले हिरोले निकट भविष्यमा नै नयाँ इलेक्ट्रीक ब्रान्ड नेममा स्कुटर सार्वजनिक गर्नेछ ।

