काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा बहसको विषय बनेको पर्यावरणीय सन्तुलन तथा वातावरण प्रदुषणमा सवारीसाधनको भूमिकालाई लिएर गहन छलफल भइरहेको छ । थुप्रै अध्ययन तथा अनुसन्धानकर्ताले वातावरण सन्तुलनलाई कायम राख्न अटोमोबाइल्सका क्षेत्रमा थुप्रै परिवर्तन गर्न आवश्यक रहेको बताउँदै आएका छन् ।
त्यसोत अटो क्षेत्रमा पनि वातावरणमैत्री प्रविधिको विकास भइरहेको छ । भने, नयाँ प्रणालीको विकाससँगै उपभोक्ताको रोजाइ क्रमिक रुपमा परिवर्तन हुँदै गएको छ ।
विगत एक दशकमा अटो क्षेत्रमा प्रविधिको विकासमा उल्लेखनिय प्रगति भएको छ । त्यसमा पनि हाइब्रिड, इलेक्ट्रीक र हाइड्रोजन फिउल सेलजस्ता आविष्कार भएका छन् ।

सोही क्रमका विकास भएको हाइब्रिड प्रणाली प्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय भारतीय बजारलाई ध्यानमा राखेर गाडी उत्पादन गर्दै आएका कम्पनीले स्मार्ट हाइब्रिड प्रणालीको विकास र विस्तारमा आफूलाई केन्द्रित गर्न थालेका छन् ।
स्मार्ट हाइब्रिड प्रणालीको विकास आइजीएस अर्थात इन्र्टगे्रटर स्टार्टर जेनेरटर र एडभान्स डबल ब्याट्री प्रणालीको संयोजनबाट भएको हो ।
यस टेक्नोलोजीमा समेटीने उच्च क्षमताको ब्याट्रीले ब्रेकिंगको समयमा शक्ति उत्पादन गर्छ भने, उत्पादित शक्ति डबल ब्याट्री सिस्टममा जम्मा गरेर राख्छ । यस प्रणालीले इन्जिनको स्टार्ट स्टप फक्शन र टर्क उत्पादन प्रक्रियामा सहयोग पुर्याउँछ । साथै, इन्धन बचत गर्नु यसको अर्को महत्वपूर्ण काम हो । स्मार्ट प्रणालीले कारको पफर्मेन्स बढाउन मद्धत पुर्याउछ ।
के साँच्चै स्मार्ट छ, यो टेक्नोलोजी ?
स्मार्ट हाइब्रिड प्रणालीले अस्थायी रुपमा इन्जिन बन्द भएको अवस्थामा एयर कन्डिशनिङ्ग ब्लोअर, इन्फोटेनमेन्ट सिस्टम लगायतका अन्य महत्वपूर्ण प्रणालीलाई सक्रिय राख्ने गर्छ । यसमा उपलब्ध डबल ब्याट्री सिस्टमले उक्त अवस्थामा शक्ति प्रवाह गर्ने कार्य गर्छ । अत्याधिक छोटो समयमा सक्रिय हुने भएकाले यसलाई स्मार्ट भनिएको हो । यसमा उपलब्ध आइएसजीमा लगाइएको बटन थिच्ने बित्तीकै इन्जिन तुरुन्त चालु हुनेगर्छ ।

कम उत्सर्जनमै उच्च माइलेज प्रदान गर्ने यस प्रणालीले ग्रिन हाउसको इफेक्टलाई कम गर्नुका साथै ग्लोबल वार्मिङलाई घटाउन महत्वपूर्ण भूमिका खेल्ने अटो विज्ञहरुको दाबी छ ।
स्मार्ट हाइब्रिड प्रणालीको मुख्य काम
कन्भेन्सनल अल्र्टनेटरको स्थानमा राखिने यस प्रणालीले इन्जिन स्टार्ट गर्नुका साथै पावर सप्लाएरको भूमिका निर्वाह गर्ने गर्छ । यसले ब्रेकिंगको समयमा वैकल्पिक शक्तिको प्रयोग बिना नै ब्याट्रीलाई चालु राख्ने गर्छ ।
डबल ब्याट्री सेटअप
यो प्रणालीमा डबल ब्याट्री सेटअपको विशेषता समेटिएको छ । यसमा उपलब्ध लिड एसिड ब्याट्री र लिथीयम आयान ब्याट्रीले समग्र हाइब्रिड प्रणालीको प्रभावकारितालाई बढाउने कार्यगर्छ ।
टर्क असिस्ट
आइएसजीमा प्रयोग गरिएको एडभान्स डबल ब्याट्री सिस्टमले ब्रेकिंगको समयमा इन्जिनमा पावर सप्लाइ गर्ने कार्य गर्दछ । यसले इन्जिनमा पर्ने भारलाई कम गर्नुका साथै
माइलेज बढाउने र प्रदुषण घटाउने काम गर्छ ।
अटोमेटिक स्टार्ट स्टप
कारमा कुनै समस्या आएको खन्डमा हाइब्रिड प्रणालीमा उपलब्ध अटोमेटिक स्टार्ट स्टप फक्शनले कारलाई स्वचालित रुपमा बन्द गर्ने गर्छ भने, क्लच बटन थिच्ने बित्तीकै कार रि–स्टार्ट हुने गर्छ । इन्जिन रि–स्टार्ट हुने प्रक्रियामा यस प्रणालीले डबल ब्याट्री सेट अपमा संकलित इनर्जिको प्रयोग गर्ने गर्छ ।
इनर्जी रिजेनेरेशन
प्रणालीमा उपलब्ध आइएसजीले कारको ब्रेकिंग वा डिक्लेरेशनको समयमा डबल ब्याट्री सिस्टममा शक्ति संचय गरिराख्ने कार्य गर्छ । यसले इन्जिनलाई रि–स्टार्ट हुन मद्धत पुयाउँनुका साथै टर्क उत्पादनमा सहयोग पुर्याउने कार्य गर्छ ।
यसका फाइदा
हाइब्रिड प्रणालीले इन्धन बचत गराउनुका साथै प्रदुषणको मात्रा घटाउने र कारको ड्राइभिङ पर्फमेन्स बढाउने गर्छ ।

हाइब्रिड प्रणाली उपलब्ध कार
यो प्रणाली युक्त गाडी नेपाली बजारमा मारुती सुजुकीले ल्याएको छ । मारुती सुजुकीको नेपालको लागि आधिकारीक वितरक सिजी मोटो कर्पले तीन नयाँ मोडलका स्मार्ट हाइब्रिड कारहरु नेपाल ल्याएको हो ।
कम्पनीले सियाज, एसक्रस र आर्टिगालाई स्मार्ट हाइब्रिड सिस्टम सहित बजारमा ल्याएको छ । मारुती सुजुकीको सियाज कारको सुरुवाति बजार मूल्य ३५ लाख ९९ हजार रहेको छ । यस्तै, इर्टिगाको सुरुवाती मूल्य ३७ लाख ४९ हजार र एस क्रशको मूल्य ४२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

