टोयोटा मोटर्स कम्पनीले सन् २०२० मा सार्वजनिक गर्ने आफ्नो पहिलो प्लगइन हाइब्रिड कारको परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएको छ । यूरोपका सडकमा परिक्षण भइरहेको हाइब्रिड गाडी टोयोटाको चर्चित मोडल र्याभफोर एसयूभी हो ।
कम्पनीको लेटेष्ट प्ल्याटफर्म टिएनजीएमा निर्माण भएको यो एसयुभीलाई ६ महिनापछि हुने ‘डिट्रोइड मोटर शो’मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसमा आउरिस कारमा उपलब्ध इन्जिनको प्रयोग गरेको छ ।
युरोपमा सार्वजनिक हुने र्याभफोरमा उपलब्ध २.५ लिटर एटकिन्सन साइकल फोर सिलिन्डर पेट्रोल इन्जिनले १७६ एचपी पावरका साथै २२१ एनएम टर्क उत्पादन गर्छ । साथै गाडीमा इलेक्ट्रीक मोटरका र लिथियम आयोन ब्याट्री प्याक लगाइएको छ । जसले एकपटकको फुलचार्जमा ५० किमि माइलेज दिने जनाइएको छ ।
सुरक्षालाई मध्यनजर गर्र्दै कारमा इन्कर्पाेरेटेड इमर्जेन्सी ब्रेकिङ सिस्टम, लेन किपीङ वार्निङ प्लस असिस्ट, अटो हाइ बीम, क्रुज कन्ट्रोल, रियर क्रश ट्राफिक अलर्ट, टच नक सेफ्टी विशेषता दिइएको छ ।
इन्टेरियरमा आधुनिक सुविधा उपलब्ध गराइएको एसयूभीमा हेडअप डिस्प्ले अप्शन उपलब्ध रहने छ ।

