यी ५ कारण नेपालमा चर्चित बन्न सक्छ यामाहा ‘एक्सएसआर १५५’

काठमाडौं । यामाहाले केही दिन अगाडि नेपाली बजारमा एमटी १५ सार्वजनिक गरेको थियो भने थाइल्यान्डमा एक्सएसआर १५५ सार्वजनिक गरेको थियो । 

हिजो सम्पन्न १४ औँ संस्करणको नाडा अटो शो २०१९ मा यामाहाको नयाँ बाइकले निकै चर्चा बटुल्यो र अहिले निकै राम्रो संख्यामा बिक्री भइरहेको यामाहाको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्ल्यू इन्टरप्रइजेजले जनाएको छ । उता, थाइल्याण्डमा सार्वजनिक भएको एक्सएसआरले रेट्रो स्टाइलको मोटरसाइकल पारखीहरुको ध्यान खिचेको छ ।

थाइल्याण्डपछि भारतीय बजारमा सार्वजनिक हुने अनुमान गरिएको उक्त नयाँ बाइक नेपालमा आउने हो भने त्यसले सफलता पाउन सक्ने ५ कारण हामीले खोजेका छौं ।

१. मूल्यः यामाहा एक्सएसआर १५५ मूल्यका हिसावले आर १५ भी थ्री भन्दा केही कम हुन सक्ने देखिएको छ । यद्यपी उक्त नयाँ बाइकमा धेरैजसो पाटर्सहरु आर १५ भी थ्रीबाट नै लिइएको छ । जसको कारण यो बाइक नेपाली बजारमा पनि निकै चर्चित हुन सक्छ । 

२. कम प्रतिस्पर्धाः बजारमा १५० देखि १६० सीसी बीचमा निकै धेरै प्रतिस्पर्धा भइरहेको छ । यो इन्जिन क्षमताका नेकेड, एसएफ, स्ट्रीट फाइटरजस्ता बाइकहरु प्रसस्त रहेका छन् । तर, यामाहाको यो नयाँ बाइक रेट्रो स्टाइल बाइक हो । उक्त स्टाइलसँग बजारमा प्रतिस्पर्धा गर्ने अन्य बाइक धेरै छैन । नेपाली बजारमा रोयल इन्फिल्ड बाइक मात्रै रेट्रो स्टाइलमा रहेको छ । यदी एक्सएसआर १५५ यामाहाले नेपाली बजारमा ल्याउने हो भने त्यसले निकै राम्रो बजार पाउने संभावना रहेको छ ।

३. पावरफुल रिफाइन्ड १५५ सीसी इन्जिन: यामाहाले यसमा १५५ सीसी, सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन दिएको छ । यसले १९ पीएस पावर र १४.७ एनएम टर्क उत्पादन गर्छ । यो इन्जिनको पावर २०० सीसी सेग्मेन्ट बराबर रहेको छ । यसले पनि एक्सएसआर १५५ लाई उत्कृष्ट बनाउन सक्ने छ ।

४. पपुलर ब्रान्डः नेपाली बजारमा यामाहा निकै पपुलर ब्रान्डमा पर्छ । उसो त यामाहा मोटरसाइकलमा विश्व बजारमै पपुलर ब्रान्ड हो । नेपाली बजारमा यामाहा बजाज पछि सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड पनि हो । यस्तोमा यसको नेपाली बजारमा प्रबेश हुने हो भने यसले ग्राहकको मन जित्ने पक्का जस्तै छ ।

५. फिचर प्याकः यामाहाको यो रेट्रो स्टाइल बाइक निकै फिचर प्याक रहेको छ । कम्पनीले यसमा फुल एलइडी हेडलाईट, फुल डिजिटल कन्सोल र फुल एलइडी टेलल्याम्प दिएको छ ।

साथै, यो बाइक सहर र हाइवे दुबै क्षेत्रमा संचालन गर्न निकै उत्कृट रहेकाले नेपाली ग्राहकले यसलाई निकै रुचाउने विश्वास गर्न सकिन्छ ।


Back_to_top