काठमाडौं । नेपाली भुगोल सु्हाउँदो डर्ट मोटरसाइकलमा नेपालीहरुको आर्कषण बढ्दो रहेको छ । नेपाली बजारमा बिभिन्न ब्राण्डका डर्ट मोटरसाइकलहरु बिक्री वितरण हुँदै आएको छ । बिशेष गरेर अफरोड तथा एडभेन्चर राइडको मज्जा लिन मन पराउने ग्राहकहरुले डर्ट मोटरसाइकल रुचाउने गर्छन् ।
नेपाली बजारमा ३ लाख ७० हजार मूल्यदेखि डर्ट मोटरसाइकल पाइने गर्छ । यहाँ चर्चा गर्न लागिएकाे चीनमा निर्माण भएको यामाहाको एक्सटीजेड १२५ अफरोड भर्सनको बाइक हो भने होन्डा एक्सआर १५० समेत चीनमा निर्माण हुने अर्को उस्तै मोटरसाइकल हो ।
पछिल्लाे पटक आएको यामाहा एक्सटीजेड उच्च ग्राउन्ड क्लियरेन्स सहित आएको छ यसले बजारमा होन्डाको डर्ट बाइक एक्सआर १५० एलसँग प्रतिस्पर्धा गरिरहेको छ । उच्च पावर, आकर्षक पफर्मेन्स, कम इन्जिन क्षमता यी बाइक एक अर्काका प्रतिस्पर्धी बाइक हुन् ।
नेपाली बजारमा बिक्री भइरहेका यी बाइकबीच तुलनात्मक भिन्नता तथा समानता यस्तो रहेको छ ।
इन्जिन
यामाहाको एक्सटीजेड १२५ मा उपलब्ध फोर स्ट्रोक एसओएचसी एयर कुल्ड इन्जिनले ८ हजार आरपीएममा १२.५ बीएच पावर उत्पादन गर्छ । यसले, ६ सय आरपीएममा ११.५ एनएम टर्क उत्पादनको क्षमता राख्छ ।
त्यस्तै होन्डाको एक्सआर १५० एलमा फोर स्ट्रोक, एसओएचसी, एयरकुल्ड इन्जिन लगाइएको छ । यसले ७७५० आरपीएममा १२.१४ हर्ष पावरका साथै ६ हजार आरपीएममा १२.५ एनएम टर्क उत्पादन गर्छ ।
तौल र टायर
१२९ किलोग्रामको एक्सआर १५० को फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको टायर लगाइएको छ । यसको फ्रन्टमा २४० एमएमको डबल पिस्टन क्यालीपर डिस्क ब्रेक दिइएको छ ।
यामाहा एक्सटीजेड १२५को रियरमा १८ र फ्रन्टमा २१ इन्चको टायर लगाइएको छ । यस्तै, फ्रन्टमा २४० एमएमको डिस्क ब्रेक रहेको यो बाइकको तौल ११८ किलोग्राम रहेको छ ।
डाइमेन्सन
होन्डा एक्सआर १५० एलको लम्बाई २०९१ एमएम, चौडाई ८११ एमएम र उचाई ११२६ एमएम रहेको छ । २४३ एमएमको ग्राउन्ड क्लियरेन्स भएको यो बाइकमा १३६० एमएमको ह्वीलवेश दिइएको छ । यसमा १२ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको छ ।
यामाहा एक्सटीजेड १२५को लम्बाई २०९० एमएम , चौडाई ८३० एमएम र उचाई १११५ एमएम रहेको छ । २६० एमएमको ग्राउन्ड क्लियरेन्स भएको यस बाइकमा ११ लिटर इन्धन क्षमताको ट्यांकी लगाइएको छ ।
सस्पेन्सन
यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा स्विंग आर्म सस्पेन्सन लगाइएको छ ।
विशेषता
होन्डा एक्सआर १५० मा नयाँ फोर बोल्ट माउन्टिङ सिस्टम लगाइएको छ भने, स्मुथ फोर स्ट्रोक पावर, डिजिटल स्पिडोमिटर, स्प्रिङ्ग प्लास्टिक फेन्डर चेन्सलर, आकर्षक हेडलाइट लगाइएको छ ।
लाइटवेटकोे यामाहा एक्सटीजेड १२५ मा किक र इलेक्ट्रीक स्टार्टको अप्सन दिएको छ । दुबैमा एनालग स्पिडोमिटर र ओडोमिटर लगाइएको छ । इन्डीकेटर, हेलोजन लाइट, आकर्षक टेलल्याम्पको विशेषता दिइएको छ ।
मूल्य
नेपाली बजारमा यामाहाको एक्सटीजेड १२५ को मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ भने होन्डा एक्सआर १५० को मूल्य ४ लाख ८४ हजार ९ सय रुपैयाँ रहेको छ ।

