डर्ट बाइक खोज्नेलाई तान्न सक्छ ‘एसआर ३०० आर’ले, यस्तो छ मूल्य

काठमाडाैं । नेपालमा लामो यात्रा गर्न डर्ट बाइकको प्रयोग गर्ने युवा पुस्ता बढेसँगै बिभिन्न कम्पनीले नयाँ मोटरसाइकल ल्याएर बिक्री वितरण गरिरहेका छन् । सुरुवाति मूल्य ३ लाख ५० हजार रुपैयाँदेखि नै यस्ता एड्भेन्चर मोटरसाइकल किन्न सकिएपनि धेरै महंगा मूल्यका मोटरसाइकल समेत नेपाली बजारमा बिक्री वितरण भइरहेका छन् ।

हिरो, होन्डा, रनर, क्रसफायर, हाडफोर्ड, यामाहा, हस्की, काया, राइजु जस्ता ब्रान्डले नेपाली बजारमा डर्ट बाइक बिक्री गर्दै आएका छन् । त्यसमा सन् २०१८ मा नेपाली बजारमा प्रबेश गरेको एसडब्ल्यू एम कम्पनीले आफ्नो चर्चित मोडल एसआर ३०० आर बिक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा ज्ञान अर्थमुभरले बिक्री वितरण गर्दै आएको इटालियन ब्रान्डकाे यो बाइकमा २९७.६ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, डिओएचसी ४ भल्भ, ४ स्टोक इन्जिन रहेको डर्ट मोटसाइकल निकै पावरफुल र स्टाइलिस बाइकको रुपमा परिचित छ ।

यो मोटरसाइकलको लम्बाई २२४० एमएमरहेको छ भने चौडाई ८२० एमएम, उचाई १२८५ एमएम र सिट हाईट ९५५ एमएम रहेको छ । यो सार्वाधिक ग्राउन्ड क्लियरेन्स भएको मध्य एक बाइक हो । यसको ग्राउन्ड क्लियरेन्स ३०० एमएम रहेको छ ।

विश्वकै उत्कृष्ट मध्यको एक सस्पेन्सन दिइएको यो बाइकको अगाडि ४८ एमएम कावाया फर्क र पछाडि कावाया सक दिइएको छ ।

दुबै चक्कामा डिस्क ब्रेक दिइएको बाइकको अगाडि चक्कामा २१ इन्चको ह्वीलसँगै २६० एमएम र पछाडि १८ इन्च ह्वीलसँगै २४० एमएमको डिस्क ब्रेक दिइएको छ ।

७.२ लिटरको इन्धन ट्याङक लगाइएको यो बाइकको तौल १०७ केजी रहेको छ भने मूल्य १६ लाख रुपैयाँ तोकिएको छ । 


Back_to_top