व्रिटिस ब्रान्ड ‘एस’का दुई बाइक नेपालमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । पछिल्लो समय दुइ पाँग्रे सवारीको बजार क्रमश रुपमा बिस्तार हुँदै गइरहेको छ । बजारमा  विभिन्न अटोमोबाइल्स कम्पनीले बाइक तथा स्कुटरको बिक्री बिरतण गरिरहेका छन् । समयअनुकुल सबै वर्गको रुचाएका बाइक बजारमा बिक्री भइरहेको अवस्था छ ।  सँगै, नेपाली बजारमा क्रमश नयाँ ब्रान्डका बाइक भित्रिरहेका छन् । यसैबीच, क्लासीक ह्वील एस्पोर्ट इम्र्पोट प्रालिले विटिस ब्रान्ड एसका मोटरसाइकल नेपालमा बिक्री गरिरहेको छ । कम्पनीले ४०० सीसीको दुई बाइक, एक्सवाइ ४०० क्लासिक र एक्सवाइ ४०० स्क्राम्बलर बाइक बिक्री गर्दै आएको छ ।

स्टाइल

एक्सवाइ ४०० क्लासिक फिचर लोडेड मोडल हो । यसमा उपलब्ध ट्वीन क्रोम एक्जस्ट, क्रोम फ्रन्ट रियर फेन्डर, क्रोम हेडलाइट र इन्स्ट्रुमेन्ट प्यानल बाइकलाई क्लासिक लुक्स प्रदान गरेको छ ।  यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक लगाइएको छ भने, रियरमा ट्वीन सकको विशेषता दिइएको छ ।

म्याट ब्ल्याक फिनीशमा निर्माण भएको एक्सवाई४०० स्क्राम्बलरमा सिंगल एक्जस्टको विशेषता दिइएको छ । यसले बाइकलाई स्क्राम्बलर डिजाइनमा रहेको छ । एक्सवाई ४०० क्लासीकसँग समान विशेषता बोकेको यो बाइकमा फरक हेडलाइट मेश, लोअर ह्यान्डल बार र अफरोड टायर लगाइएको  कम्पनीले जनाएको छ ।

पर्फेमेन्स

दुबै बाइकमा समान इन्जिन लगाइएको छ ।  बाइकमा उपलब्ध सिंगल सिलिन्डर ३९७.२ सीसी आयल कूल्ड फोर स्ट्रोक इन्जिनले २९ बीएच पावरका साथै ३० एनएम टर्क उत्पादनको क्षमता राख्दछ । बाइकको टपस्पीड क्षमता प्रतिघन्टा १३५ किलोमिटर रहेको कम्पनीले जनाएको छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ । यसमा १३ लिटर क्षमताको फ्युल ट्यांकी दिइएकाे छ ।

डायमेन्सन

ट्रेडिसनल स्पिडोमिटरको विशेषता भएको यी बाइकको लम्बाई २१३० एमएम, चौडाई ७६० एमएम र उचाई ११३० एमएम रहेको छ । ७९० एमएमको सिटहाइट भएको बाइकमा १४२० एमएमको ह्वीलवेश र १६० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । यसको तौल १५० किलोग्राम रहेको कम्पनीले जनाएको छ ।

मूल्य

एक्सवाई ४०० स्क्राम्बलरको मूल्य ६ लाख १० हजार र एक्सवाई ४०० क्लासिकको ५ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


Back_to_top