यी ५ कारण हिरो एक्सपल्स नेपालमा सफल हुन सक्छ

काठमाडौं । हिरो मोटोकर्पले उत्पादन गरेको आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल अहिले निकै चर्चामा रहेको छ । कम्पनीले एडभेन्चर मोटरसाइकल एक्सपल्स–२०० र एक्सपल्स–२०० टी बजारमा उतारेको छ । 

कम्पनीले भारतीय बजारमा यी मोटरसाइकलको सुरुवाति मूल्य ९४ हजारदेखि १ लाख ५ हजारसम्म निर्धारण गरेको छ । नेपाली बजारमा एक्सपल्स २०० टीको मूल्य ३ लाख ३२ हजार रुपैयाँ तोकिएको छ । 

नेपालको लागि हिरोको आधिकारीक बिक्रेता एनजीएमले एक्सपल्स २०० को भने मूल्य अझै तोकेको छैन । एक्सपल्स चर्चामा रहनुका ५ कारण यस्ता रहेका छन् ।

कल्टर फ्रि डिजाइन 

मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको यी मोटरसाइकलमा  आकर्षक फ्युल ट्यांकी लगाइएको छ । राउन्ड हेडल्याम्प, आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा लगाइएको विन्ड स्क्रिनले मोटरसाइकललाई निक्कै आकर्षक बनाएको छ । 

एक्सपल्स–२०० टीको तौल १५० किलोग्राम रहेको छ भने, एक्सपल्स  २०० को तौल १५४ किलोग्राम रहेको छ । यो फ्युल इन्जेक्टेड र कार्बोरेट इन्जिनमा पनि उपलब्ध रहने छ । 

अफरोड लागि उत्कृष्ट

एक्सपल्स–२०० एडभेन्चर मोटरसाइकल हो । यसमा हाई स्ट्रेन्थ स्टिलको बडी फ्रेम, अगाडि २१ इन्चको स्पोक ह्वील, पछाडिमा १८ इन्चको ह्वील लगाइएको छ । 

यसमा डबल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड लगायतका विशेषता दिइएको छ । यस्तै यसमा दिइएको २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ८२५ एमएम सिट हाइट दिइएको छ । 

इन्जिन

कम्पनीले यी दुई बाइकमा २०० सीसी, लिक्वीड कुल सिङ्गल सिलिन्डर टु भल्भ इन्जिनमा उपलब्ध गराएको छ । उक्त इन्जिनले १८।१ बीएचपी पावर र १७।१एनएम टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड ट्रान्समिसन जडान गरिएको छ । एक्सपल्स २०० टी भने कार्बोरेट इन्जिनमा पनि उपलब्ध रहेको छ ।

सस्पेन्सन

बाइकको अगाडिको चक्कामा ३७ एमएम टेलिस्कोपिक फर्कसँगै १९० एमएम स्ट्रोक र रियरमा १० स्टेप एडजस्टेबल ग्यास चार्ज मनोशक युनिट लगाइएको छ । पछाडिको चक्कामा भने १७० एमएम ट्राभल युनिट लगाइएको छ । 

दुबै मोटरसाइकलमा समान प्रकारको सेट अप, अलबिट, लेसर ट्राभल, रियर मनोशक, अगाडि २७६ एमएम पेटल डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ । यी दुबै मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

स्मार्टफोन कनेक्टीभिटी 

मोटरसाइकलमा स्मार्ट फोन कनेक्टीभिटीको विशेषता दिइएको छ । जस अन्तर्गत, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, टर्न बाइ टर्न नेभिगेसन, कल अलर्ट, एसएमएस रिडआउट, एलसिडी कन्सोल, गियर इन्डीकेटर, ट्रिप मिटर, सर्भिस रिमाइन्डरको विशेषता समेटिएको छ । 

यी र यस्ता विशेषताले हिरो मोटो कर्पले ल्याएको नयाँ एक्सपल्स सिरिज निकै चर्चामा रहेको छ । यो निकै चर्चामा रहनुको अर्को कारण मूल्यपनि हो । नेपाली बजारमा बिक्री वितरण भइरहेको मध्य सस्तो एड्भेन्चर बाइकमा यो मोडल पर्छ । 


Back_to_top