उत्कृष्ट फिचरसहित ओकिनवाले ल्यायो सस्तो इलेक्ट्रीक स्कुटर

ओकिनवा इलेक्ट्रीक स्कुटर उत्पादक कम्पनीले आफ्नो सिरिजमा सबैभन्दा सस्तो मूल्यको इलेक्ट्रीक स्कुटर भारतीय बजारमा ल्याएको छ । यो कम गतिमा गुड्ने भएकाले यसलाई लाईट स्लो–स्पीड इलेक्ट्रीक स्कुटर भनिएको कम्पनीले जनाएको हो । यसकाे मूल्य ६० हजार भारतीय रुपैयाँ ताेकिएकाे छ ।

स्पीड कम भएपनि यो स्कुटर फिचर प्याक रहेको छ । यसमा कम्पनीले पुस बटम स्टार्ट, अटो ह्यान्डल लक, अटो मोटर लक, आकर्षक डिजिटल स्पीडोमिटर, हाजार्ड फङ्गसन, निकाल्न मिल्ने व्याट्री, सेफ्टी भल्भसहितको लिथियम आयोन व्याट्री, सिट खोल्ने रिमोट जस्ता विशेषता रहेका छन् ।

एलइडी प्रोजेक्टर हेडल्याम्प, डिफगर एलइडी लाइट, आल्मुनियम अलोय ह्वीलले स्कुटरलाई निकै प्रिमियम रहेको छ । 

दुई कलर अप्सनमा बजारमा उतारेको उक्त स्कुटरमा २५० वाटको वाटरप्रुफ मोटर दिइएको छ भने यसको पीक पावर २५० वाट रहेको छ । यो स्कुटर ७ डिग्रिको उकालोमा सजिलै उक्लन सक्नेछ ।

अगाडिको चक्कामा डिस ब्रेक दिइएको स्कुटरको पछाडि चक्कामा ड्रम ब्रेक दिइएको छ । ३ देखि ४ घण्टामा फुलचार्ज हुने उक्त स्कुटरले ५० देखि ६० किलोमिटर रेञ्ज प्रदान गर्नेछ ।

लम्बाई १७९० एमएम, चौडाई ७१० र उचाई ११९० एमएम रहेको स्कुटरको सिट हाईट ७४० एमएम रहेको छ । १.२५ किलोवाट क्षमताको लिथियम आयोन व्याट्री यसमा रहेको छ । साथै, रिजेनेरेटिभ ब्रेकिङ सिस्टमले स्कुटरलाई आकर्षक बनाएको छ ।

ओकिनवाले नेपालमा पनि डिलर माग गरिरहेकोले अबको केही समयपछि नेपाली बजारमा ओकिनवाका स्कुटरहरु प्रबेश गर्नेछ । 


Back_to_top