यामाहा एफजेड र एफजेडएस सिरिजलाई कम्पनीले नयाँ इन्जिनको साथ बजारमा उतारेको छ । कम्पनीले नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा यसलाई बजारमा उतारेको छ । तर, कम्पनीले स्कुटर भने नयाँ इन्जिनमा २०२० बाट मात्रै बिक्री गर्ने भएको छ ।
एफजेड एफआई सिरिजको सार्वजनिक गर्दै यामाहा मोटर इन्डिया ग्रुपका चेयरम्यान मोटोफोमी सिताराले भने ‘यामाहाले आफ्नो नयाँ प्रदुषण मापदण्ड अनुसारको इन्जिनमा आफ्ना सबै मोडललाई उतार्नेछ ।’
कम्पनीले एफजेड एफआईलाई नयाँ इन्जिनको साथ थप २ नयाँ कलर डार्क नाइट र मेटालिक रेड अप्सनमा उपलब्ध हुनेछ ।
कम्पनीले यसको स्टाइलमा कुनै परिमार्जन गरेको छैन । बडी कलर हेडलाइट मास्क, एलसीडी इन्ट्रुमेन्ट क्लस्टर, मस्कुलर डिजाइन, क्रोम हाइलाईट्स, सिंगल पिस सेटअप सीट जस्ता फिचरलाई निरन्तरता दिएको छ ।
यी दुबै मोटरसाइकलमा १४९ सीसी एयर कुल्ड, एसओएचसी, २ भल्भ इन्जिन दिएको छ । जसले ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.६ एनएम टर्क प्रदान गर्छ । नयाँ इन्जिनको टर्क भने निकै वृद्धि भएको छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।


