काठमाडौं । आगामी आइतबार सार्वजनिक हुने मारुती सुजुकी एस–प्रेसोको विशेष तस्विर मेरोअटोले तपाईहरुलाई देखाउँदैछ । मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटो कर्पले काठमाडौंको थापाथलिमा उक्त गाडी राखेको छ ।
कम्पनीले अल्टो ८०० भन्दा माथिल्लो सेग्मेन्टमा उतारेको यो कार कम मूल्यको कारण निकै चर्चामा रहेको गाडी हो । सिजी मोटो कर्पले नाडा अटो शोबाट अग्रिम बुकिङ लिइरहेको यो गाडी भारतीय बजारमा सफल भइसकेको छ ।
अक्टोबर महिनामा १० हजार यूनिटभन्दा धेरै बिक्री भएको एसप्रेसोले नेपाली बजारमा पनि निकै राम्रो बजार पाउने अनुमान गरिएको छ ।
सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस–प्रेसोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ८२ बीएच पावर र ११४ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।
एस–प्रेसोको लम्बाई ३५६५ एमएम, चौडाई ३६७९ एमएम र उचाई १५६४ एमएम रहेको छ । यसको ह्वीलवेस २४२२ एमएम रहेको छ । २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको यस मोडलमा १४ इन्चको अलोय ह्वील लगाइएको छ । यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
एस प्रेसोमा एयर कन्डिशनरको सुविधासँगै पावर स्टेयरिङ्ग , फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडि कलर बम्पर जस्ता विशेषता दिइएको छ । यसमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभीएमएस लगायतका विविध विशेषता दिइएको छ ।
कारमा एबीएस, इबीडी, ड्राइभर साइड एयर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम ड्राइभर र को–ड्राइभर सिटबेल्ट रिमाइन्डरको विशेषता प्रदान गरिएको छ ।
एस–प्रेसोले प्रतिलिटर २३.९५ किलोमिटर माइलेज दिने एआरएआईले सर्टिफाईड गरेको छ । विभिन्न ४ भेरियन्टमा नेपालमा सार्वजनिक हुन लागेको एस–प्रेसोको एलएक्सआई (स्टायडर्ड) मोडलको सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने पावर बिन्डो सहितको एलएक्सआई मोडलको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी कम्पनीले ल्याएको भिएक्सआई मोडलको मूल्य २४ लाख ९९ हजार र भिएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।


