विश्व बजारमा उत्पादन भएका धेरै गाडीहरुलाई विभिन्न नयाँ स्वरुपमा परिमार्जन गर्ने गरिएको छ । यस्तोमा भारतीय बजारमा मारुतीले उत्पादन गरेको पहिलो कार मारुती ८०० पनि धेरै किसिमले परिमार्जन भएको पाइन्छ ।
विभिन्न कम्पनीले यसको नयाँ स्टाइल र डिजानइमा तयार गरेका तस्विरले बेलाबखत चर्चा पाउने गरेका छन् । यस्तोमा कारटकले भविष्यमा बन्ने मारुती सुजुकी ८०० को तस्विर तयार गरेको छ ।
कारटकले यसलाई फ्चरिस्टीक मारुती ८०० भनेको छ । उसले तयार गरेको रेडर इमेजका अनुसार नयाँ अल्टो ब्राइट ग्रिन कलरमा तयार गरिएको छ । आधुनिक लुक्समा झल्किएको अल्टोको एक्सटेरियर तथा इन्टेरियरमा थुप्रै नयाँ फिचर थपेर यसलाई तयार गरिएको छ ।
यसको फ्रन्ट फेसिकामा ब्ल्याक इन्ड ग्रिलको साथै पुरानो मोडलको जस्तै मारुती सुजुकीको ब्याज लगाइएको छ । यसको डिजाइन भने होन्डाले केही समय अगाडि ल्याएको इ ह्याचब्याकसँग मिल्दोजुल्दो देखिएको छ ।
नयाँ अल्टोको तस्विरमा स्क्वायर हेडल्याम्पसँगै इन्र्टग्रेटेड होरिजेन्टल एलइडी एलइडी डे टाइम रनिङ लाइट लगाइएको छ । यस्तै, फ्रन्टमा टर्न सिग्नल, फ्रन्ट क्वार्टर प्यानल र स्लाइट्ली अपिस बोनेट स्ट्रक्चर र भिज्युअल हाइलाइटको लागि ब्ल्याक मिरर जोडिएको छ ।


