काठमाडौं । फियाट ग्रुप अन्तर्गतको भारतको प्लान्टबाट उत्पादन हुने न्यूहोल्याण्ड कन्स्ट्रक्शन इक्युप्मेन्टहरुमा एक्स्चेन्ज अफर सुरु भएको छ । राशी अटोमोबाइल्स प्रालिले नेपाली बजारमा न्यूहोल्याण्डका उत्पादन बिक्री गरिरहेको छ । यस स्कीम अन्तर्गत पुराना ब्याकुलोडर ग्राहकले नयाँसँग साट्न सक्ने छन् ।
स्कीम बारे जानकारी दिदै राशी अटोमोबाइल्सका प्रबन्ध निर्देशक कपिल शिवाकोटीले भने ‘यो एक्स्चेन्ज स्कीम अन्तर्गत पुरानो ब्याकुलोडर सञ्चालन गरि रहेका ग्राहकहरुले आफ्नो पुरानो ब्याकुलोडर राशी अटोमोबाइल्सको सातदोबाटो स्थित शोरुममा दिएर नयाँ न्यूहोल्याण्डको ब्याकुलोडर लिएर जान सक्नुहुने छ, तर पुरानो ब्याकुलोडर चालु अवस्थाको भने हुनु पर्ने र ग्राहकले नेपाल सरकारलाई तिर्नु पर्ने सबै कर तिरेको हुनु पर्नेछ ।’
यो एक्स्चेन्ज स्कीम राशी अटोमोबाइल्स अन्तर्गतका डिलरहरु मार्फत पनि लिन सकिने सिवाकोटीले जानकारी दिए । पुराना ब्याकुलोडरहरुलाई ‘जति मोडेल–त्यती दाम’ अनुसार भ्याल्युएसन गरिने पनि कम्पनीले जनाएको छ ।
उक्त फरमुला अनुसार सन् २०१२ मा बनेको मेसिनलाई १२ लाख, सन् २०१३ मा बनेको मेसिनलाई १३ लाख, १४ को मोडेललाई चौधलाख हुनेगरि मुल्याङन गरिने कम्पनीले जनाएको छ ।
यस याेजना अन्तर्गत एक्स्चेन्ज गरि नयाँ न्युहोल्याण्ड ब्याकुलोडलर लिने ग्राहकले नयाँ मेसिनमा २ बर्ष सम्मको वारेन्टी पाउने छन् ।

