सुन्दर यातायातले नेपालमै विद्युतीय बस बनाउने

काठमाडौं । सुन्दर यातायातले स्वदेशमै विद्युतीय गाडी निर्माणको गर्न रुपन्देहीमा प्लान्ट बनाउने भएको छ । प्रदेश नम्बर ५ मा पर्ने औद्योगिक क्षेत्र भित्रै प्लान्ट बनाइने सुन्दर यातायातका प्रमुख भेष बहादुर थापाले बताए ।

उनका अनुसार हाल प्रदेश ५ सरकारसँग जग्गा उपलब्धीका लागि छलफल भइरहेको छ । सरकारले दिएने ठाउँमै सुन्दर यातायातले आफ्नो प्लान्ट बनाउने भएको हो । यस्तै सरकारसँगको छलफल र प्लान्ट सम्बन्धी विषयलाई तीव्र्रता दिन प्रदेश ५ को बुटवलमा सुन्दरले आफ्नो शाखा समेत खोलिसकेको छ ।  

प्लान्ट निर्माणका लागि आवश्यक पर्ने क्षेत्रको बारेमा अध्ययन गर्न सरकारी तथा निजी क्षेत्रबाट विशेष प्राविधिक टोली लगिने उनले बताए ।

प्लान्ट निर्माणका लागि ९ करोड देखि १६ करोडको हाराहारीमा खर्च लाग्ने थापाले जानकारी दिए । प्लान्टका लागि १६ रोपनी जग्गा आवश्यक पर्ने हुन्छ । यातायातले ७ बिघाभन्दा बढी जग्गा माग गरेको थापाले बताए ।

चिनियाँ  कम्पनी बीएकेसँग मिलेर नेपालमा पनि एलडी मोटरकै गाडी उत्पादन गरिने छ ।

प्लान्ट निर्माण गर्न ६ महिना लाग्ने उनले बताए । प्लान्ट निर्माण भएपछि गाडी निर्माणका लागि ३ महिनासम्म चिनियाँ प्राविधिकको सहयोगमा बनाइने र त्यसपछि नेपाली इन्जिनीयरहरुलाई पनि सिकाउँदै लैजाने उनले बताए ।

८० जना युवालाई हामी त्यस ठाउँमा रोजगार दिने छौँ, त्यहाँ १६ जनाका हाराहारीमा चिनियाँ इन्जिनीयरहरु हुने छन् ।

‘चिनियाँ कर्मचारीले ३ महिनासम्म यहाँ गाडी बनाउँदा हाम्रो इन्जिनीयरहरुले सिक्ने मौका पाउने छन् । उनीहरुले सिके पछि विस्तारै चिनियाँ कर्मचारी हट्दै जाने र नेपाली कर्मचारी थपिदै जाने हुन्छ,’ थापाले मेरो अटोसँग भने ।


Back_to_top