काठमाडौं । हिरो मोटोकर्पको लागि नेपालको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम) ले बिभिन्न १५ भेरियन्टका स्कुटर तथा मोटरसाइकल बिक्री गर्दै आएको छ ।
जसमा विभिन्न मोडलका १० भेरियन्टमा मोटरसाइकल र ५ भेरियन्टका स्कुटर बिक्री गर्दै आएको हो । चाडपर्व सकिएसँगै अन्य दुइपाँग्रे सवारी बिक्रेता कम्पनीले आफ्ना मोटरसाइकल तथा स्कुटरको मूल्य बढाइरहेको समयमा हिरोले भने आफ्ना कुनै पनि मोडलको मूल्य वृद्धि छैन ।
कम्पनीले बिक्री गरिरहेकोमध्ये सबैभन्दा महंगो एक्सपल्स २०० मोटरसाइकलको मूल्य ३ लाख ८५ हजार रुपैयाँ रहेको छ भने सबैभन्दा सस्तो भनिएको स्प्लेन्डर प्लस बाइकको मूल्य १ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
कम्पनीले नेपाली बजारमा दुई लाख ५० हजारभन्दा कम मूल्यका पाँच मोटरसाइकल बिक्री गर्दै आएको छ । जसमध्ये, स्प्लेन्डर आइस्मार्ट आईथ्रीएसको मूल्य १ लाख ८३ हजार पाँच सय, स्प्लेन्डर आइथ्रीएसको १ लाख ९४ हजार र ग्लामर डिएसएस एसभी आइथ्रीएसको २ लाख ७ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । त्यस्तै, २ लाख २६ हजार रुपैयाँमा बिक्री भइरहेको एचिभर आइथ्रीएस पनि हिरोको सस्तो मोटरसाइकल अन्तर्गत पर्छ ।
एक्सट्रीम रेन्जका तीन मोटरसाइकलको मूल्य भने २ लाख ५० भन्दा माथि रहेको छ । एक्सट्रीम स्पोर्ट २ लाख ५१ हजार रुपैयाँमा बिक्री भइरहेको छ भने, एक्सट्रीम २०० आर २ लाख ९५ हजार ५ सय र एक्सट्रीम २०० एस ३ लाख २२ हजार रुपैयाँमा बिक्री भइरहेको छ । एक्सपल्स सिरिजको २०० टी भने ३ लाख ३२ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।
स्कुटर सेग्मेन्ट अन्तर्गत सबैभन्दा सस्तो मोडल प्लेजरको मूल्य १ लाख ७६ हजार ५ सय रुपैयाँ रहेको छ भने, महंगो मूल्यको डेस्टिनी १२५ आइथ्रीएस २ लाख ६ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

