बजाजले भारतीय बजारमा बजाज डोमिनार ४०० पश्चात् अब डोमिनार २०० सार्वजनिक गर्ने भएको छ ।
बजाजले एउटा आफ्नो ब्राण्ड भित्र विभिन्न सिरिजमा बाइक निमार्ण गर्दै आएको छ । यसै अन्तर्गत बजाजले बजाज डोमिनार ४०० पश्चात् डोमिनार २०० सार्वजनिक गर्ने तयारी गरेको छ ।
बजाजले एभेन्जर, पल्सर, डिस्कभर, भीक्रान्त, डोमिनार जस्ता विभिन्न मोडलमा मोटरसाइकल निर्माण गर्दै आएको छ । बजाजले डोमिनार २०० ले डोमिनर सिरिजलाई अझै लोकप्रिय बनाउने आशा लिएको छ ।
बजाज डोमिनार ४०० फिचर लोडेड मोटरसाइकल रहेको छ भने, बजाज डोमिनारमा उक्त फिचर लोडेड मोटरसाइकल हुने छैन् । कम्पनीले डोमिनार २०० लाई बजेट मोटरसाइलको रुपमा निर्माण गरेको छ ।
डोमिनार २०० मा कम्पनीले बजाज आरएस २०० को इन्जिन प्रयोग गरेको छ । २०० सीसी फ्यूल इन्जेक्सन इन्जिन रहेको छ । यो इन्जिनले २१ बीएच पावर तथा १६ एनएम टर्क जेनेरेट गर्छ भने, यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
आरएस २०० मा डबल च्यानल एबीएस सुविधा रहेकोमा डोमिनार २०० मा कम्पनीले सिंगल च्यानल एबीएस दिएको छ । डोमिनार ४०० मा नै रहेको ह्यान्डल बार तथा ह्वील डोमिनार २०० मा रहने छ ।
यो मोटरसाइकलको मूल्य आक्रामक रुपमा कम हुने कम्पनीले बताएको छ । यसको मूल्य १ लाख २० हजार भारतीय रुपैयाँ रहने अनुमान गरिएको छ । यसले २०० सीसी सेग्मेन्टका ग्राहकलाई आर्कषण गर्ने छ । बजाज अटोले भारतीय बजारमा यो मोटरसाइकल २०२० को अन्त्यसम्ममा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।


