यामाहा एफजेड मूख्य प्रायोजक रहेको हिमालय रोडिज सिजन ३ आजबाट शुरु

काठमाडौं । यामाहा मोटरसाइकल मूख्य प्रायोजक रुहेको हिमालय रोडिज हिमालय एचडिमा आजबाट हरेक सोमबार राती ८ बजे प्रसारण हुँदैछ । भारतीय फ्रेन्चाइज शो एमटिभि रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपाली युवाहरुमाझ अत्यन्त लोकप्रिय रहेको र उनीहरुले प्रतिक्षा गरेको टिभि शो हो । भोट, भित्रिने र बाहिरिने, खेल बदलिदिने मोड, सहभागीहरुबीचको घम्साघम्सी, साहसिक, उत्तेजना आदिका साथ शोले पक्कै पनि दर्शकहरुलाई आफ्नो सीटमा बाँधिएर बस्न बाध्य गराउनेछ ।

यो सम्पूर्ण नयाँ सिजनको संचालन रेमण्ड दास श्रेष्ठले गर्ने भएका छन् । उनकाे साथमा ग्याङ लिडर दीया मास्के, आशिष राना ‘उर्फ लाहुरे’ जोडिनेछन् भनें नयाँ ग्याङ लिडरहरु अनूप विक्रम शाही र सिजन १ का विजेता समन श्रेष्ठले पनि यो सिजनमा उपस्थिति जनाउने भएका छन् ।

‘यो सिजन गहन छ । प्रतिद्वन्दी भनेको हामीले साक्षी दिन पाउँछौं । केवल प्रतिस्पर्धीहरु बीचमात्र होइन ग्याङ लिडरहरु बीचमा पनि जो केही गर्न चाहि रहेका छन् र आफ्नो सदस्यहरुलाई शिखरमा पुर्याउन हदैसम्म पार गरेका छन् । हिमालय रोडिज नेपालकै सबैभन्दा ठूलोमध्येको एक र अत्यन्त साहसिक रियालिटी शो हो, यसले रोडि उपाधि  नगद पुरस्कारका साथमा युवाहरुले आफूलाई निर्भयपूर्वक प्रस्तुत गर्ने अवसर पनि प्रदान गर्दछ ।’ हिमालय रोडिज ३ का निर्देशक अमन अधिकारीले भने ।

सिजन २को बिजेताले एफजेड २५ हासिल गरेको थियो । यो सिजन ३ मा पनि निरन्तर रहनेछ । यामाहा एफ जेड सिरिजले रोडिजहरुलाई रोमाञ्चक कार्यमा सहयोग पुर्याउनेछ जसलाई उनीहरुले पार गर्ने छन् ।

‘रोडिज शोको निर्माण प्रतिस्पर्धीहरुलाई हरेक पक्ष–आध्यात्मिक, शारीरिक अथवा भावनात्मक रुपबाट चुनौती दिनेगरी गरिएको छ र निश्चय पनि हर तरहले फिट हुनुको अस्तित्व रहनेछ । यो त्यहीं हो जहाँ यामाहा एफ जेड सिरिजको कुरा आउँछ, जुन हरेक अड्चनहरु पार गर्न तथा बिग्रेको परिस्थिती आउँदा र खराब हुँदै जाँदा उत्कृष्ट कार्य प्रदर्शन गर्न बनाइएको छ । यो यामाहा एफ जेड सिरिज हो र हामीले यामाहा एफजेड प्रस्तुत हिामलय रोडिजको हिस्सा बन्न रोजेका छौं ।’ एमएडब्लुका बजार प्रबन्धक विक्रम पौडेलले बताए ।


Back_to_top