काठमाडौं । सन् २०१९ हामीबाट विदा हुने संघारमा पुगेको छ । यस्तोमा सन् २०१९ मा नेपाली बजारमा आएका ३० लाख भन्दा कम मूल्यका कारले बजारमा निकै राम्रो छाप छोड्न सफल भएका छन् ।
बजारमा कम मूल्य र उत्कृष्ट फिचर भएका कारहरुले ग्राहकको मन जित्न सफल भएका छन् । जसमा हुन्डाई, मारुती सुजुकी, फोर्ड र टाटाका कारले निकै राम्रो प्रभाव छाडेका छन् ।
१. हुन्डाई सेन्ट्रो
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले सन् २०१९ को फेब्रुअरी १४ मा सार्वजनिक गरेको आफ्नो चर्चित मोडल सेन्ट्रोले यो वर्ष आफ्नो सेग्मेन्टमा उत्कृष्ट व्यापार गर्न सफल भएको छ ।
सन् २०१४ मा उत्पादन बन्द भएको सेन्ट्रोलाई कम्पनीले २०१८ मा पुनः उत्पादन सुरु गरेको थियो । टल ह्याच डिजाइनमा आएको सेन्ट्रोले बजारमा निकै राम्रो बिक्री गरिरहेको छ ।

कम्पनीले बिक्री वितरण गर्दै आएको सेन्ट्रो आफ्नो सेगमेन्टमै पहिलो टच स्क्रिन इन्फोटेनमेन्ट भएको कार हो । जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ । त्यस्तै अल न्यू सेन्ट्रोमा पार्किङ सेन्सर सहितको रियर क्यामेरा, रियर एसी भेन्ट, इलेक्ट्रोनिकल्ली कन्ट्रोल्ड एक्सटेरियर मिररलगायत सुरक्षा विशेषता समेत रहेको छ ।
नयाँ सेन्ट्रोमा सुरक्षाका लागि एबीएस, इबीडी, ड्राइभर–साइड एयरब्याग, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी डोर लक जस्ता सेफ्टी फिचर दिइएको छ । यसको टप भेरिएन्टमा डियुल एयरब्याग, लोड लिमिटर, स्पीड–सेन्सीङ डोर लक लगायतका फिचरहरु रहेका छन् ।
नयाँ सेन्ट्रोमा १.१ लिटर फोर–सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ पीएस पावर र ९९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पीड म्यानुअल गियरबक्स दिइएको छ । हुन्डाईले सेन्ट्रोलाई पहिलोपटक एएमटी ट्रान्समीसनमा समेत ल्याएको छ । यसको सुरुवाति भेरियन्टको मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्टको मूल्य ३० लाख ५६ मा बिक्री गर्दै आएको छ ।
२. मारुती सुजुकी एसप्रेसो
अघिल्लो महिना सिजी मोटो कर्पलले नेपाली बजारमा ल्याएको मारुती सुजुकीको माइक्रो एसयूभी एसप्रेसो निकै सफल चर्चामा रहेको मोडल हो ।
एसप्रेसो मारुती सुजुकीको ब्राण्ड न्यू मोडल हो । यसले भारतीय बजारमा निकै राम्रो व्यापार गरिरहेको छ भने नेपालमा पनि निकै राम्रो रहेको सिजी मोटो कर्पले जनाएको छ ।
सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस–प्रेसोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ ।यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

२७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको यस मोडलमा १४ इन्चको अलोय ह्वील लगाइएको छ । यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
एसप्रेसोमा एयर कन्डिशनरको सुविधासँगै पावर स्टेयरिङ्ग , फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडि कलर बम्पर जस्ता विशेषता दिइएको छ । यसमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभीएमएस लगायतका विविध विशेषता दिइएको छ ।
कारमा एबीएस, इबीडी, ड्राइभर साइड एयर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम ड्राइभर र को–ड्राइभर सिटबेल्ट रिमाइन्डरको विशेषता प्रदान गरिएको छ ।
विभिन्न ४ भेरियन्टमा नेपालमा सार्वजनिक हुन लागेको एस–प्रेसोको एलएक्सआई (स्टायडर्ड) मोडलको सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने पावर बिन्डो सहितको एलएक्सआई मोडलको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी कम्पनीले ल्याएको भिएक्सआई मोडलको मूल्य २४ लाख ९९ हजार र भिएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
३. टाटा एनआरजी
टाटाको आधिारीक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा ल्याएको टाटा एनआरजी पनि २०१९ को सफल मोडल हो । नेपाली बजारमा टाटा एनआरजी पेट्रोल भेरिएन्टमा उपलब्ध रहेको छ । यसमा रहेको १.२ लिटरको इन्जिनले ८५ पीएस पावर तथा ११४ एनएम टर्क उत्पादन गर्छ ।
आधुनिक डिजाइन र प्रविधि रहेको टाटा एनआरजीले नेपाली बजारमा राम्रो पर्फमेन्स गरिरहेको छ । कम्पनीले यसको सुरुवाति मूल्य २९ लाख ५५ हजार रहेको छ ।

यसको क्याविनमा पूरै ब्ल्याक कलरको प्रयोग गरिएको छ । साथै, कतै–कतै प्रयोग गरेको अरेन्ज कलरको लाइनिङ्गले क्याविनलाई रिचनेस प्रदान गरेको छ । यसमा ५ इन्चको थ्रीडी न्याभिगेसन सुविधासहितको टच–स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । यो हर्मनका इन्फोटेन्मेन्ट सिस्टममा आठवटा स्पीकर जडान गरिएको छ । यी स्पीकरको सहायताले राम्रो म्यूजिक सिस्टमलाई भब्य बनाएको छ ।
स्टेरिङ्ग माउन्टेड कन्टोल सिस्टमले म्यूजिक सिस्टम कन्ट्रोल गर्न चालकलाई सजिलो बनाएको छ । स्टोरेजका लागि अगाडि ढोकामा २ वटा पानीको बोतल राख्ने स्पेस दिइएको छ भने यसमा कुल्ड–ग्लोब बक्स दिइएको छ । यसमा पछाडि स्टोरेजका लागि २४२ लिटरको बूट स्पेस दिइएको छ ।
फोर्ड फिगो
फोर्डले आफ्नो ह्याचव्याक कार फिगोको फेसलिफ्ट मोडल यसै वर्ष सार्वजनिक गरको थियो । यो कार पावर र फिचर अनुसार कम मूल्यको कारण निकै चर्चा रहेको छ ।
जियो फोर्डले नेपाली बजारमा ल्याएको नयाँ फिगोको सुरुवाति मूल्य २४ लाख ९९ हजार रुपैयाँ राखेको छ भने टप भेरियन्टको मूल्य ३१ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ ।
फोर्ड फिगो फेसलिफ्टमा १.२ लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । साथै, १.५ लिटर टर्बोचार्ज्ड डिजेल इन्जिन पनि यसमा रहको छ ।

११९४ सीसी क्षमताको पेट्रोल इन्जिनले ९६ पीएस पावर उत्पादन गर्छ । यसको अटोमेटिकमा दिइएको इन्जिनले १२३ पीएस पावर प्रदान गर्छ ।
स्पोर्टी सेलुलर हनिकब फ्रन्ट ग्रिल, टुईन हेडल्याम्प र १५ इन्च अलोय ह्वील दिइएको छ । यसमा दिइएको डियुल टोन रुफले फिगोलाई पुरानो रेगुलर मोडलको तुलनमा निकै आर्कषक र स्पोर्टी देखाएको छ ।
यसमा रिडिजाइन ड्यासबोर्ड, किलेस इन्ट्री, पुस बटन स्टार्ट, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हेड युनिटसँगै इन व्यूल्ट नेभिगेसन फिचर दिएको छ ।
यसमा दिइएको ७ इन्चको इन्फोटेनमेन्ट सिस्टमले कारको ड्यासबोर्डलाइ निकै आर्कषक बनाएको छ । यस्तै, फेलिफ्टमा पावर विंग मिरर, क्लाइमेट कन्ट्रोल, ६ वटा एयरब्याग, एबीएस, इबीडी, सिट बेल्ट वार्निङ जस्ता फिचरले नयाँ फिगोलाई निकै सुरक्षीत बनाएको छ ।

