काठमाडौं । हरेक दुई वर्षमा एकपटक आयोजना हुने इन्डियन अटो एक्स्पो २०२० संस्करण आगामी फेब्रुअरी ७ देखि १२ सम्म आयोजना हुँदैछ । उक्त अटो एक्स्पोमा भारतकै दोस्रो ठूलो कार उत्पादक कम्पनी हुन्डाईले ३ मोडलको फेसलिफ्ट सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले आफ्नो चर्चित एसयूभी क्रेटा, टुसान र भर्नाको फेसलिफ्ट मोडल सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले ल्याउने नयाँ जेनेरेशन क्रेटा अहिलेपनि निकै चर्चित रहेको छ । टुसान र भर्ना चने फेसलिफ्ट मोडलको रुपमा आउने छ ।
हुन्डाईको ‘सेन्सियर स्पोर्टीनेश’ डिजाइनमा तयार भएको नयाँ जेनेरेशन क्रेटामा कम्पनीले व्यापक परिमार्जन गरेको आाकलन गरिएको छ । कम्पनीले केही समयअघि चीनमा सार्वजनिक गरेको आईएक्स २५ जस्तै भारत स्पेकपनि आउने अनुमान गरिएको छ ।
कम्पनीले ल्याउने तीनवटै गाडीमा भारतीय नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिन दिइएको जनाइएको छ । हुन्डाईको टुसान भने भारतमा उत्पादन हुँदैन । त्यसैले कम्पनीले २०१९ मा अन्तर्राष्ट्रिय बजारमा ल्याएको गाडी शोकेस गर्ने भएको छ ।
त्यसैगरी कम्पनीले भारतमा नै उत्पादन गर्ने भर्नाको फेसलिफ्ट मोडलसमेत तयार गरेको छ । कम्पनीले अटो एक्सपोमा नयाँ मोडल अउराको समेत प्रदर्शनी गर्नेछ ।


