जापानी मोटरसाइकल उत्पादक कम्पनी सुजुकीले २५० सीसी क्षमताको नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले आगामी अटो एक्स्पो २०२० मा यसलाई सार्वजनिक गर्ने अनुमान गरिएको छ । अटो एक्स्पो २०२० फेब्रुअरी ७ देखि आयोजना हुँदैछ ।
कम्पनीले ल्याउने २५० सीसी क्षमताको नयाँ इन्टुडर मोटरसाइकल आफ्नै १५५ सीसी क्षमताको मोडलबाट प्रभावित हुने जनाइएको छ । यसमा दिइने अधिकांस मेकानिकल पार्टस जिक्सर एसएफ २५० बाट दिइएको हुनसक्ने अनुमान गरिएको छ ।
सुजुकीले इन्टुडर २५० मा अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन प्रदान गर्ने जनाइएको छ । यसमा ब्रेकिङ सिस्टमलाई उत्कृष्ट बनाउन दुबै चक्कामा डिस्क ब्रेक र डियुल च्यानल एबीएस दिइएको छ ।
कम्पनीले इन्टुडर २५० को सबैभन्दा उत्कृष्ट पक्ष भनेको रिल्याक्स ड्राइभिङ र स्मुथ पावर ट्रेन भएको जनाएको छ । यदि कम्पनीले दाबी गरे अनुसार यो मोटरसाइकल आउने हो भने यसले अन्तर्राष्ट्रिय बजारमा निकै ठूलो चर्चा पाउने अनुमान गरिएको छ ।
सुजुकीले यसमा २४९ सीसी आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले २६.५ पीएस पावर र २२.६ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइने छ ।
मिडिया रिपोर्टका अनुसार सुजुकीले यसमा ठूलो इन्धन ट्याङ्की, एलइडी हेडल्याम्प, डिजिटल इन्ट्रुमेन्ट कन्सोल, सुजुकी इजी स्टार्ट सिस्टम जस्ता मुख्य फिचर यसमा उपलब्ध गराउने छ ।


