काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले अंग्रेजी नयाँ वर्षको अवशर पारेर आफ्ना कारहरुमा विशेष अफर ल्याएको छ । कम्पनीले नयाँ वर्षमा कार किन्ने ग्राहकलाई ३० प्रतिशत डाउन पेमेन्टमा गाडी उपलब्ध गराउने अफर ल्याएको हो ।
राष्ट्र बैंकले गाडी कर्जामा थप कडाई गरिरहेको समयमा ल्याएको नयाँ वर्ष अफरले होन्डाका कार किन्न चाहने ग्राहकलाई केही सहायता पुग्ने कम्पनीले जनाएको छ । तर, ३० प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सर्तहरु लागुहुने भनिएको छ ।
कम्पनीले ल्याएको नयाँ वर्ष अफरमा १५ तोला सुनसम्म पाउन सकिने जनाएको छ । एक्स्चेन्ज एण्ड लोयलटी बोनस, एक वर्षको सम्पूर्ण बीमा खर्च, एक वर्षको सडक दस्तुर, २० हजार बराबरको निःशुल्क एसोसरिज जस्ता छुट ग्राहकलाई दिने कम्पनीले जनाएको छ ।
यसरी होन्डाका गाडी किन्न चाहने ग्राहकले स्याकार फाइनान्सिङबाट कर्जा सुविधा पाउने छन् ।


