काठमाडौं । इलेक्ट्रीक कार उत्पादनमा कियाले लामो समयदेखि लगानी गर्दै आएको छ । कम्पनीले किया सोल इभी मार्फत इलेक्ट्रीक कार उत्पादन सुरु गरेको हो । सन् २०१९ मा किया निरो ल्याएको कम्पनीले २०२१ सम्ममा आश्चर्यजनक फिचरका साथ नयाँ इलेक्ट्रीक सेडान कार ल्याउने भएको हो ।
किया मोटरले यूरोपियन प्रदुषण मापदण्ड अनुसार आफ्ना इलेक्ट्रीक गाडी उत्पादनलाई बढवा दिन नयाँ कार सन् २०२१ बाट बिक्री सुरु गर्ने किया यूरोपका सिओओ इमिलो हरेराले बताएका छन् ।
हरेराले कम्पनीले इलेक्ट्रीक सेडान कार बजारमा ल्याउने तयारी चलिरहेको जनाएका हुन् । उनले नयाँ आउने इलेक्ट्रीक कारको मूल्य ३५ हजार डलर हाराहारी पर्ने जानकारी दिएका हुन् ।

यूरोपियन बजारमा कियाले निसान र टेस्लासँग कडा प्रतिस्पर्धा गर्नु पर्नेसमेत उनले उल्लेख गरेका छन् । अहिले टेस्ला मोडल थ्रीको मूल्य ४० हजार अमेरिकी डलर र निसान लिफको मूल्य ३५ हजार अमेरिकी डलर रहेको छ । यस्तोमा कियाले ल्याउने नयाँ सेडान कारको मूल्यले बजारमा प्रभाव पर्नेछ ।
कियाले नयाँ कार ‘अल न्यू इभी प्ल्याटफर्म’मा निर्माण गर्नेछ । इम्याजिन कन्सेप्टमा तयार हुने उक्त इभी फोर डोर सेडान हुनेछ । यसको उचाई एसयूभीको जस्तो हुनेछ भने कार निकै स्पोर्टी देखिने छ ।
नयाँ कारमा निकै आश्चर्यजनक विशेषता समेटिने छन् । जसमा सुसाइड रियर डोर, २१ वटा छुट्टाछुट्टै क्यासकेडिङ ड्यासबोर्ड स्कृन रहने छ ।


