काठमाडौं । कियाको पछिल्लो एसयूभी सेल्टोसले अष्ट्रेलियन न्यू कार एसिस्मेन्ट प्रोग्राममा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । एएनक्यापका अनुसार सेल्टोसले बयस्कको लागि १०० मा ८५ प्रतिशत र बच्चाको सुरक्षाको लागि ८३ प्रतिशत अंक प्राप्त गर्दै ५ स्टार रेटिङ प्राप्त गरेको हो ।
कियाले अष्ट्रेलिया र न्यूजिल्याण्डमा गत अक्टोबरमा किया सेल्टोस सार्वजनिक गरेको थियो । अष्ट्रेलियन स्पेक सेल्टोसमा अटोनोमस इमर्जेन्सी ब्रेकिङ सिस्टम, लेन किपिङ एसिस्ट, ३६० डिग्री क्यामेरा, ६ एयरव्याग, व्लाइन्ड भ्यू मोनिटरजस्ता फिचर उपलब्ध रहेको थियो ।

कम्पनीले भारतमा बनाएको सेल्टोस र अष्ट्रेलियन बजारको लागि बनाएको सेल्टोस उस्तै छ वा छैन भन्ने विषयमा कुनै आधिकारीक जानकारी दिएको छैन । नेपाली बजारमा केही दिनअघि सार्वजनिक भएको सेल्टोस भने भारतीय बजारमा बनेको हो ।
नेपाली बजारमा उपलब्ध सेल्टोसमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन मिल्नेलगायत विशेषता रहेका छन् ।
१७ इन्च अलोय ह्वील, स्टाइलि एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्पले एसयूभीलाई उत्कृष्ट बनाएको छ । इन्जिनको कुरा गर्दा सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल इन्जिन अप्सनमा उपलब्ध रहेको छ ।
सेल्टोसको सुरुवाति मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकेको छ भने टप भेरियन्टको एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार तोकेको छ ।

