५ लाख ९९ हजार मूल्यसहित आयो अल न्यू एनसी २५०

काठमाडौं । डर्ट बाइक बिक्रेता कम्पनी क्रशफायरले केही समय अघिबाट बुकिङ्ग खुलाएको एनसी २५० नयाँ डर्ट बाइक नेपाल आएको छ । अब कम्पनीले ५० हजार रुपैयाँ तिरेर बुकिङ्ग गरेका ग्राहकलाई डेलिभरी दिने जानकारी दिएको छ भने नयाँ किन्न चाहने ग्राकले शोरुममा गएर मोटरसाइकल खरिद गर्न सक्ने छन् । 

अहिले आएको एनसी २५० अल न्यू मोडल हो । कम्पनीको लागि नेपालको आधिकारिक वितरक क्लासिक ह्वील एक्सपोर्ट एन्ड इम्पोर्टले यस मोटरसाइकलको सुरुवाति मूल्य ५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । 

यस्ता छन् विशेषता

मोटार्ड र डर्ट गरि दुई भेरियन्टमा उपलब्ध रहेको यो मोटरसाइकल एक्सजेड २५० आरआरको परिमार्जित संस्करण हो । यसमा उपलब्ध कुलिङ सिस्टमको जेडएस १७७ एम लिक्वीड कुल्ड इन्जिनले ३० हर्ष पावरका साथै २३ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पिड गियरबक्स लगाइएको छ । 

फ्रन्ट र रियर साइडमा ब्रेम्बो डिस्क ब्रेकिङ सिस्टम दिइएको छ भने मोटरसाइकलमा प्रो लिंक सिंगल सक र स्प्रिङ प्रिलोडको सस्पेन्सनको फिचर दिइएको छ । 

फरक विशेषता समेटिएको एनसी २५० मा हेलोजन हेडल्याम्प, एलइडी टेलल्याम्प, एलइडी टर्निङ लाइट, अपसाइड डाउन फर्क र डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्लेको उपलब्ध रहेको छ । 

सिएनसी क्लिनिङ फुट पेज, क्युबिक हेडलाइटको फिचर समेटिएको यो मोटरसाइकल सेतो र रातो कलर अप्सनमा उपलब्ध हुनेछ ।

यसले प्रतिलिटर ३० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । कुल तौल १०७ किलोग्राम भएको यो मोटरसाइकलको सिट हाइट ९४० एमएम र ग्राउन्ड क्लियरेन्स ३३० एमएम रहेको छ । यसमा ९ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको छ ।


Back_to_top