उत्कृष्ट भएरपनि राम्रो व्यापार गर्न चुकेका तीन मोटरसाइकल

काठमाडौं । नेपाली बजारमा २०१९ मा करिब एक दर्जन नयाँ मोटरसाइकल सार्वजनिक भए भने इलेक्ट्रीक मोटरसाइकलको आयात पनि त्यतिकै बढि रहेको छ । बजारमा प्रतिस्पर्धा बढेसँगै ठूला कम्पनीले ल्याएका मोटरसाइकलले पनि सोचे अनुरुपको व्यापार गर्न सकिरहेको छैन ।

यस्तोमा २०१९ मा नेपाल आएका फिचरले भरिपूर्ण भएरपनि बिक्रीमा उत्साहजनक सफलता पाउन नसकेका यामाहा, सुजुकी र हिरोका उत्पादनका बारेमा यहाँ चर्चा गर्न खोजीएको छ ।

हिरो एक्स्ट्रीम २०० एस

नेपाल जनरल मार्केटिङ ९एनजीएम० ले नाडा अटो शोमा ल्याएको दुई नयाँ मोडलका मोटरसाइकल एक्सपल्स र एक्स्ट्रीम २०० एस मध्ये उत्कृष्ट डिजाइनका बाबजुद २०० एसले बजार लिन सकेन । कम्पनीले निकै राम्रो बिक्री गर्ने अपेक्षा गरेको यो मोडल नेकेड रोडस्टार डिजाइनमा तयार गरिएको छ ।

बाइकको फ्रन्टमा अग्लो विन्ड स्कृनका साथै फ्रन्टमा हेडलाइटदेखि इन्जिनसम्म पुरा भाइजरले ढाकिएको छ । निकै स्पोर्टी देखिएको हिरो एक्सट्रीम २०० एसले युवालाई आकर्षित गर्न सकेन ।

ब्लुटुथ कनेक्टिभिटी सहितको डिजिटल इन्ट्रुमेन्ट कल्स्टर रहेको यो मोटरसाइकलमा १९६ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन दिएको छ । यसमा रहेको एसओएचसी इन्जिनले १८.४ पीएस पावर तथा १७.१ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य ३ लाख २२ हजार रुपैयाँ तोकिएको छ ।

यस बाइकमा सिंगल च्यानल एबीएसको विशेषता उपलब्ध रहेको छ ।

यामाहा फेजर २५

यामाहाको आधिकारीक बिक्रेता मोरङ अटोवर्क इन्टरप्राइजेजले नेपाली बजारमा निकै अपेक्षा गर्दै ल्याएको फेजर २५ ले बजारमा सोचेअनुरुपको व्यापार गर्न सकिरहेको छैन ।

नेपाली बजारमा दसैंको अवसर पारेर सार्वजनिक गरिएको हो । फेजर -२५ नेकेड स्ट्रीट फाइटरकाे फियर्ड माेडलकाे रुपमा परिचित मोटरसाइकल हो । यसको पावर तथा पर्फमेन्स उच्च रहेपनि युवालाई तान्नभने सफल भएको देखिदैन ।

यो मोटरसाइकलमा २४९ सीसी एयर कुल्ड एसओएचसी फ्युल इन्जक्टेड इन्जिन दिएको छ । जसले ८ हजार आरपीएममा  २०.९ पीएस पावरका साथै ६ हजार आरपीएममा २० एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड गियरबक्स दिइएको छ ।

मोटरसाइकलमा एलइडी हेडलाइट, टिएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्प्लिट सिट, वाइड प्रोफाइल टायर लगाइएको छ । यो मोटरसाइकलमा १७ इन्च आलोय ह्वील, टेलिस्कोपीक फ्रन्ट फर्क र रियर मनोसक लगाइएको छ ।

हाल नेपाली बजारमा बिक्री भइरहेको नन् एबीएस भर्सनको मूल्य ३ लाख ८९ हजार रुपैयाँ रहेको छ । मोटोजीपी भर्सनको ४ लाख ३९ हजार रुपैयाँ तोकीएको कम्पनीले जनाएको ।

जिक्सर २५० एसएफ

सुजुकीको बहुप्रतिक्षित मोटरसाइकल जिक्सर-२५० नाडा अटो शो २०१९ मा सार्वजनिक भएको हो । नेपाली बिक्रेता भीजी अटोमोबाइलले ल्याएको यो मोटरसाइकल सेग्मेन्टकै उत्कृष्ट र स्टाइलिस देखिएपनि युवाको रोजाइमा पर्न सकिरहेको छेन ।

विशेषतः सुरक्षालाई मध्यनजर गर्दै जिक्सर-२५० को उत्पादन गरिएको कम्पनीको दाबी छ । ड्यूल च्यानल स्ट्यान्डर्ड एबीएसकासाथ आएको नयाँ जिक्सरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसको नेपाली बजारमा मूल्य ४ लाख ९६ हजार ९००

यसमा उपलब्ध सिङ्गल सिलिन्डर फ्यूल इन्जेक्टेड-२५० सीसी इन्जिनले २६ बीएचपी पावरकासाथै २३ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । साथै, यसमा ६ स्पीड ट्रान्समिसन लगाइएको छ ।

सुजुकी जिक्सर २५० मा यूएसडी सेटअप र रियरमा मोनोसक सन्स्पेन्सन दिइएको छ । कम्पनीले इन्ट्री–लेवल प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्दै यो मोटरसाइल निर्माण गरेको जनाएको छ ।


Back_to_top