हार्लेको सस्तो बाइक जुनमा सार्वजनिक हुने

केही समय अगाडि चाइनिज कम्पनी क्वाइन्जंग मोटरसाइकलसँग सहकार्य गरेर बाइक निर्माण गरिरहेको मोटरसाइकल जुनमा चिनियाँ बजारमा सार्वजनिक गर्ने भएको छ ।

केही समय अगाडि हार्ले डेभिड्सनले दक्षिण यसियाली कम्पनीसँगको सहकार्यमा इन्ट्रि लेभल बाइक बनाउने घोषण गरेको थियो ।

यसअघि एसियाली कम्पनीसँगको सहकार्यमा बाइक निर्माण गर्ने भनियता पनि कुन कम्पनीसँग मिलेर निर्माण गर्ने भन्ने विषयमा भने केही जानकारी दिइएको थिएन ।

प्यारालल ट्वीन ३३८ सीसी लिक्वीड कूल्ड इन्जिन यूक्त बाइक क्रुजर मोडल नहुने जनाएको छ ।

हालसम्म हार्लेले क्रुजर बाइकमात्र निर्माण गर्दै आएकोमा यो बाइक नेकेड मोडलमा आउने भएको हो । यो बाइक चीनमा निर्माण भएर अन्तर्राष्ट्रिय बजारमा निर्यात हुनेछ ।

अमेरीकन बाइक निर्माता कम्पनीले चीनमा निर्माण गर्ने यो स्ट्रीटफाइटर बाइक २०२० सम्म सार्वजनिक गर्ने कम्पनीले जनाएको थियो । कम्पनीले बाइकको फिचरको बारेमा भने केही सार्वजनिक गरेको छैन ।

सार्वजनिक भएको तस्विरमा भने यूएसडी फर्क रहेकाे छ । फुलएलडी हेडल्याम्प तथा टेलल्याम्प, डबल च्यानल एबीएस जस्ता बिशेषता यो बाइकमा रहने छ ।


Back_to_top