काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने निजी सवारीसाधन भनेको मोटरसाइकल हो । त्यसमा पनि तीन लाख भन्दा कम मूल्यका मोटरसाइकल सबैभन्दा धेरै बिक्री हुने गर्छन् ।
तर, तीनदेखि ४ लाखसम्म खर्च गर्नेहरुको लागि भने निकै मस्कुलर मोटरसाइकल पाउन सकिन्छ । यस्तोमा नेपाली बजारमा उपलब्ध ३ देखि ४ लाखसम्मका बाइक यस प्रकार रहेका छन् ।
एनएस २०० एफआई, एबीएस
३ लाख ५४ हजार ९ सय रुपैयाँमा बिक्री भइरहेको एनसएस २०० एफआई, एबीएसको विशेषताको कारण चर्चामा रहेको हो । बजाजले यसमा फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड, एफआई, ट्रिपल स्पार्क इन्जिन लगाएको छ ।

यसले ९७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स दिइएको छ ।
यसमा डिजिटल स्पीडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, क्लक फ्युल गज, पास लाइट, एच फोर ब्ल्यु टिंङ्ग हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता दिइएको छ । यसका साथै, इलेक्ट्रीक लाइट, पीलन फोरेष्ट, स्प्लीट सिट, पिलन ग्राब रेल लगायतका विशेषता उपलब्ध रहेको छ ।
टीभीएस अपाचे आरटीआर २०० फोर भी
यो बाइक हाल ३ लाख २५ हजार रुपैयाँमा बिक्री भइरहेको छ । मोटरसाइकलमा फोर भल्भ, कार्बुरेटर इन्जिन लगाइएको छ । यसले ८ हजार ५ सय आरपीएममा २०.२ बीएच पावरका साथै ७ हजार आरपीएममा १८.१ एनएम टर्क उत्पादन गर्छ । यसमा आयल कुलरसँगै र्याम एयर असिस्टको विशेषता दिइएको छ भने ५ स्पीड गियरबक्ससँगै एआरटी स्लिपर क्लच लगाइएको छ ।

यसमा फ्युल गेज, पिलीन ग्राबेल, इन्जिन किल स्विच, क्लक, डिजिटल ट्रिप मिटर टाइप, ट्रिपमिटर काउन्ट र पास लाइट दिइएको छ । कम्पनीले नयाँ इन्जिन परिमार्जित संस्करण २०२० मा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
यामाहा एफजेड भी ३.०
आकर्षक पावरट्रेनयुक्त एफजेड भी ३.० मा उपलब्ध १५५ सीसी फोर स्ट्रोक सिंगल सिलिन्डर इन्जिनले १९ बिएच पावरका साथै १५ एनएम टर्क उत्पादन गर्छ । ६ स्पीड म्यानुअल गियर बक्स भएको लिमिटेड एडिसनको स्टान्डर्ड विशेषता अन्तर्गत एलइडी हेडल्याम्प, एलइडी टेल लाइट, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १७ –इन्च एमआरएफ टायर्स तथा स्लिपर क्लच लगाइएको छ ।

मोटोजिपी स्टाइल वाइन्डस्क्रिन, आक्रोपोभिक एक्सजस्ट सिस्टम, एडजस्टेबल ब्रेक, क्लच लिभर तथा एरोडायनामिक विंगलेट्स लगायतका फिचर दिएको छ । नेपाली बजारमा यो बाइकको मूल्य ३ लाख १८ हजार ९ सय रुपैयाँ रहेको छ ।


