बजाज र ट्रायम्फले संयूक्त रुपमा बनाउने २०० सीसी क्षमताको मोटरसाइकल भारतमा २ लाख भारुभन्दा कम मूल्यमा आउने घोषणा गरिएको छ । यी दुई कम्पनीले सन् २०१७ मा सम्झौंता गरि भारतमा मोटरसाइकल उत्पादनको विभिन्न चरण पार गरेको जानकारी दिएका छन् ।
आज दुबै कम्पनीले संयूक्त पत्रकार सम्मेलनको आयोजनागरि बजाजको फ्याट्रीमा ट्रायम्फ ब्राण्डमा २०० देखि ७५० सीसी क्षमतासम्मका मोटरसाइकल उत्पादन गर्ने जानकारी दिएको हो । अहिलेसम्म आन्तरिक गृहकार्यमा समय विताएका यी दुई कम्पनीले अब उत्पादनमा जोड दिने जानकारी दिएका हुन् ।
रेट्रो–क्रुजर डिजाइनमा निर्माण हुने यी मोटरसाइकल सन् २०२२ को जनवरीबाट मात्र बजारमा बिक्री वितरण हुने जानकारी दिइएको छ । यी मोटरसाइकलको डिजाइन र इन्जिनियरिङमा दुबै कम्पनीको विषेशज्ञताको प्रयोग गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा ट्रायम्फ मोटरसाइकलका चिफ कर्मशियल अफिसर पाउल स्ट्रोडले भने ‘ट्रायम्फ ब्राण्डमा बन्ने सबै उत्पादन भारत लगायत केही देशमा बजाजको च्यानलबाट डिस्ट्रिव्यूट हुन्छ । त्यस बाहेक अन्य बजारमा ट्रायम्फले त्यसको बिक्री वितरण गर्नेछ ।’
कम्पनीले ल्याउने नेकेड र रेट्रो क्रुजर मोडलले रोयल इन्फिल्ड र जावासँग प्रतिस्पर्धा गर्ने जानकारी दिइएको छ ।


