काठमाडौं । हुन्डाई मोटर्सले सन् २०१८ को जेनेभा अटो शोमा सार्वजनिक गरेको ‘ले फिल रग’ कन्सेप्ट कार अटो एक्स्पो २०२० मा प्रस्तुत गर्ने भएको छ । याे कन्सेप्ट कार निकै चर्चामा रहँदै आएकाे छ ।
हुन्डाईको डिजाईनमा नयाँ सुरुवातको छाप पार्ने आशय बोकेको ले फिल रगको परिकल्पना भोलिका दिनमा हुन्डाईले बनाउने सिटी कार र ह्याच्ब्याकदेखि सेडान र एसयूभी सबैमा लागू हुने अनुमान छ ।
सौन्दर्य, भावनात्मक महत्व र वाञ्छनीयता सबैलाई समेटेर यस अविश्वसनीय नयाँ कारको पाँच विशेष कुराहरू यहाँ प्रस्तुत गरिएको छ ।
१. यसको निर्माता
कार्यकारी भीपी लक डअन्कर्वक हुन्डाई डिजाईन सेन्टरको प्रमुख हुन् । अटो क्षेत्रको अनुभवी उनी विश्वका अति वाञ्छित सुपरकार निर्माणमा सहभागी भइसकेका छन् ।
‘ले फिल रग’ नै उनी डिजाईन अनुभवको धनी रहेको प्रमाण काफी हो, जसले भावी आकृतिलाई सूक्ष्मशैलीमा समेटेर कुनै पनि क्लासको गाडीलाई माथ खुवाउँछ ।
२. स्वर्ण अनुपात
कम्तीमा पनि ४,००० वर्षदेखि प्रयोगमा रहेको अनुमान र सम्भवतः प्राचिन इजिप्टले पिरामिड बनाउन प्रयोग गरेको गोल्डन रेसियोले दुई समानुपातको परिपूर्णरुपमा सन्तुलित सम्बन्धको व्याख्या गर्छ । ब्राह्माण्डमा विद्यमान यो एक साधारण अनुपात हो, जसको प्रयोगले कुनै वस्तुलाई प्रितिकर र प्राकृतिक आवरणमा समायोजन गर्छ ।
हुन्डाईका डिजाईनरले ठिक यसकै उपयोग गर्दै ‘ले फिल रग’को फैलिएको ह्वीलबेस, ठूलो चक्का र छोटो ओभरह्यांग्स बनाएर अनुपातिक विलक्षणता हासिल गरे ।
अघिल्लो चक्कादेखि विन्ड्शिल्डको तल्लो भागसम्मको लम्बाई, एक युक्ततम् ड्याश-टु-एक्सलले उत्तम ड्राइभिङ्ग आसनको साथै उच्च बेल्टलाइनको भव्य उपस्थिति सुनिश्चित गर्छ ।
३. हलुका र हलुङ्गो बनावट
ब्राण्ड डिजाइनको विराशतलाई प्रगतिशील पहिचानसहित अघि बढाउन हुन्डाईले नयाँ दृष्टिकोण ‘लाईट आर्किटेक्चर’ अपनायो । लाईट आर्किटेक्चर, सिधा रेखाले बनेको भान दिने ‘ले फिल रग’ सिंगलमा देखिन्छ, जसको हाई बेल्टलाईन क्रिज, फ्रन्ट ग्रील र हेडलाईटबाट सुरु भै ह्वील आर्क र टेललाईटको माथि हुँदै फ्रन्ट र रियर पिल्लर अनि रुफसम्म पुग्छ ।
ट्यूब आर्किटेक्चर, हुन्डाईको अर्को नयाँ डिजाइन परिकल्पनाले लक्जरी र स्पोर्टी गुणलाई यथावत् राख्दै बाह्य आकृतिलाई कारको इन्टेरियरमा भित्र्याउँछ । उदाहरणका लागि, गाडीको बेल्टलाईन सेन्टर कन्सोलमा प्रतिध्वनित हुन्छ र अर्कोतर्फ यसको व्यापक छायाँचित्र फ्रन्टसिटको लाइट–वेट प्रोफाइलमा प्रतिविम्वित हुन्छ ।
४. भावी प्रविधि
अवश्य पनि, हुन्डाईको भविष्यको प्रतिनिधित्व गर्ने कारलाई अग्रणी प्रविधिले डोहोर्याउनुपर्छ, ठ्याक्कै ‘ले फिल रग’ जस्तो । मौसमी वातावरण र अन्य समादेशमा सहज नियन्त्रण गर्न सकिने ह्याप्टिक टच प्रविधियुक्त मनोरम र चलायमान डिस्प्ले चालकको सिट अगाडि अवस्थित छ ।
चालक र सहयात्रीको सहजताका लागि एयरक्राफ्ट प्रोजेक्टबाट प्रेरित दुईतर्फी एयर भेन्टिलेसन सिस्टमले गाडीभित्र समानान्तररुपमा वायुप्रवाह गर्छ । उच्च प्रविधियुक्त फ्याब्रिक्स र ताजा काठद्वारा निर्मित यसको उत्कृष्ट र भावमयरुपले प्राकृतिक सुन्दरतालाई उब्दप्त गराउँदै शान्तिको अनुभूति गराउँछ ।
५. अद्वितीय शैली
दुनियाँ जहाँ एकरुपताले एउटा प्रडक्टलाई अर्कोसँग छुट्याउन गाह्रो बनाइरहेको छ । यो परिकल्पनाले पर गुडिरहेको गाडी हुन्डाई नै हो भनेर चिनाउँछ । क्रिस्प लाइन र प्योर भोल्यूमको लयवद्ध मिश्रणका साथै ध्यानपूर्वक रचिएको कनकेभ र कनभेक्सनलरुपले अलग र अद्वितीय आवरण निर्माण गर्छ ।
हुन्डाईको नयाँ तीन आयामिक कास्केडिङ ग्रीलले ‘ले फिल रग’को प्रभावशाली प्रस्तुति दिन्छ । थप श्रेष्ठतम् बनाउन फैलिएको लेयर्ड फ्रन्टहुडले यसलाई गतिशील लुक्स दिँदै फर्वार्ड मोसन इफेक्ट पैदा गरेको छ ।

