काठमाडौं । नाडाका प्रतिनिधि मण्डल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालबीच सवारी साधन पैठारीकर्ताहरुले आफनो एजेन्सी बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नु पर्ने विषयमा छलफल गरेको छ ।
उक्त भेटघाटको क्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले उक्त विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नविकरणमा विभिन्न समस्याहरु आईपरेको हुँदा सवारी साधन पैठारी गर्दा अप्ठेरो परेकाले व्यवसायलाई सहजीकरणका लागि अनुरोध गरेका थिए । नडाको तर्फबाट उक्त छलफलमा उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले त्यसबारे थप स्पष्ट पारेका थिए ।
छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ड अर्यालले यसबारे केहि दिन भित्रै नेपाल राष्ट्र« बैंक, बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, र भन्सार कार्यालयहरुसँग छलफलगरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने जानकारी दिएका थिए ।
उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा महासचिव सुनिल रिजाल र केन्द्रीय कार्यसमिति सदस्य अभिक ज्योति, निराकार श्रेष्ठ तथा शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो ।

