काठमाडौं । भारतमा भोलिबाट सुरु हुने अटो एक्स्पो २०२० को दौरान साउथ एसियन अटोमोटीभ फोरम गठन हुने भएको छ । सार्कका सदस्य राष्ट्रहरुको साझा फोरमको रुपमा गठन हुने उक्त फोरममा नेपालले पनि सहभागिता जनाउने भएको छ ।
ग्रेटर नोयोडामा हुने उक्त बैंठकले सार्क राष्ट्रबीचमा अटोमोवाइल क्षेत्रको विकास र विस्तारको विषयमा छलफल हुने जनाइएको छ । उक्त बैठकमा नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले समेत सहभागिता जनाउने भएको छ ।
बैंठकमा नाडाको तर्फबाट अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता हुने बताइएको छ ।
सार्क राष्ट्र सम्मिलित ‘साउथ एसियन अटोमोटीभ फोरम’ भनिएपनि यसमा पाकिस्तानको भने सहभागिता हुने छैन ।


