यस्तो हुनेछ फक्सवागनको सस्तो इलेक्ट्रीक कार

फक्सवागनले इलेक्ट्रीक र हाइब्रिड गाडी उत्पादनमा निकै महत्वाकांक्षी योजना बनाएर लगानी बढाइरहेको छ । कम्पनीले आईडी ३ र आईडी ४ पछि सबैभन्दा कम मूल्यको आईडी १ इलेक्ट्रीक कारको टिरज सार्वजनिक गरेको छ ।

आईडी १ फक्सवागनको अहिलेसम्म कै सबैभन्दा कम मूल्यको गाडी हुने बताइएको छ । कम्पनीले सन् २०२९ सम्ममा ७५ इलेक्ट्रीक मोडल र ६० हाइब्रिड मोडल ल्याउने योजनाको साथ काम गरिरहेको छ । यस्तोमा कम्पनीले घोषणा गरेको आईडी १ निकै चर्चामा आउन थालेको छ ।

कार म्याग्जीन यूकेको अनुसार आईडी १ उत्पादनमा फक्सवागनले निकै तिब्रता दिएर काम गरिरहेको छ । कम्पनीले यसलाई २ व्याट्री अप्सनमा ल्याउने छ । कम मूल्यको यो कारमा २४ किलोवाट आवर र ३६ किलोवाट आवरको दुई व्याट्री दिइने छ ।

यसमा रहेको ३६ किलोवाट आवरको व्याट्रीले २९८ किलोमिटर रेञ्ज प्रदान गर्नेछ भने २४ किलोवाट आवरको व्याट्री रेञ्जको विषयमा केही खुलाईएको छैन ।

कम्पनीले सन् २०२३ बाट अन्तर्राष्ट्रिय बजारमा ल्याउने अनुमान गरिएको यी कारको सुरुवाति मूल्य ८ हजार ८०० पाउण्ड रहने अनुमान कार म्याग्जीन यूकेले गरेको छ ।


Back_to_top