मिडसाइज सेडान कार ल्याउने टाटा मोटर्सको घोषणा

काठमाडौं । टाटा मोटर्सले नयाँ मिडसाइज सेडान कार ल्याउने घोषणा गरेको छ । एकपछि अर्को नयाँ मोडल बजारमा ल्याएर चर्चामा रहेको टाटा मोटर्सले अब नयाँ मिडसाइज सेडान कार ल्याउने घोषणा गरेको हो ।

टाटा मोटर्सको चिफ टेक्नोलोजी अफिसर राजेन्द्र पेटकरले अटोकारसँग कुरा गर्दै भनेका छन् ‘हामीसँग अहिले सेडान कारको इन्ट्री सेग्मेन्टमा टिगोर मात्र रहेको छ । त्योभन्दा माथिल्लो सेग्मेन्टमा सेडान कारको बजार सम्भाव्यता हेरर अल्फा प्ल्याटर्फममा नयाँ कार ल्याउने तयारी भइरहेको छ ।’

यो टाटाको आगामी ४ वर्षभित्र १२ नयाँ कार ल्याउने रणनीतिको हिस्साको रुपमा आउन लागेको हो । टाटाले ल्याउने नयाँ सेडान कारको लम्बाई ४५०० एमएम रहने छ भने यसको ह्वीलवेस २६०० एमएम हुने जनाइएको छ ।

पेटकरका अनुसार कम्पनीले ह्याचव्याक, एसयूभी र सेडान सबे सेग्मेन्टमा आफुलाई बलियो बनाउन कै लागि नयाँ कार ल्याउन लागेको जानकारी दिए । साथै उनले प्यासेन्जर कार सेग्मेन्टमा सेडान कारको माग नढेपनि यसको बजार हिस्सा निकै ठूलो रहेको भन्दै टाटाले आफुलाई त्यहाँ उपस्थित गराउन लागेको जानकारी दिए ।


Back_to_top