काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्युले नेपालमा नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले फसिनो १२५ नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको हो ।
कम्पनीले यही महिनाको मध्यमा यो स्कुटर सार्वजनिक गर्ने तयारी थालेको मेरोअटोलाई बताएको छ । कम्पनीले पछिल्लो २ महिना फसिनो १२५ लाई नेपालको सबै प्रकारका सडकमा परिक्षण गरेर सडक सुहाउँदो स्कुटर रहेको र यसलाई छिट्टै नेपालमा सार्वजनिक गर्ने बताएको हो ।
हाल कम्पनीको टेकु शोरुममा यो स्कुटर बुकिङ गर्न सकिने कम्पनीले बताएको छ । ग्राहकले केही रकम टोकनको रुममा बुझाएर स्कुटर बुकिङ गर्न सकिने जनाएको छ । आधिकारिक रुपमा यसको मूल्य निधार्रण नभएतापनि यसको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ हुने कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको छ ।
१२५ सीसी फसिनो यसअघि ११० सीसी सेग्मेन्टमा बिक्री भइरहेको थियो । यामाहा फेसिनो स्कुटर अब नयाँ संस्करणमा आएको हो । ११० सीसी सेग्मेन्टमा रहेको यो स्कुटर नयाँ इन्जिनमा भारतीय बजारमा केही समय अगाडि सार्वजनिक भएको थियो ।

यामाहाले ११० सीसी सेग्मेन्टका आफ्ना स्कुटरको उत्पादन गरेर १२५ सीसीमा सार्वजनिक गरेको छ ।
नयाँ यामाहा फेसिनोमा १२५ सीसी सिगंल सिलिन्डर एयरकूल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा ८ बीएच पावर तथा ५ हजार आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यसको कुल तौल ९९ केजी रहेको छ ।
यसको लम्वाई १९२० एमएम, चौडाई ६८५ एमएम, उचाई ११५० एमएम र ह्वीलवेस १२८० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ ।
कम्पनीका अनुसार फेसिनो १२५ पहिला भन्दा ३० प्रतिशत बढी पावरफुल रहेको छ । यसका साथै पुरानो फेसिनो भन्दा १६ प्रतिशत फ्यूल इफिसेन्ट रहेको छ । कम्पनीका अनुसार यो स्कुटरले ६६ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ ।
रेट्रो थेम डिजाइनमा रहेको यामाहा फेसिनो १२५ मेटालीक कलर अप्सनले प्रिमियम देखिएको छ । यसमा सीबीएस ब्रेकिङ, स्यान्ड सेन्सर, मल्टि फङसन की, यूएसबी चाजिङ जस्ता फिचर यसमा उपलब्ध रहने छ ।

