यस्तो छ महिन्द्रा बलेरोमा परिमार्जन,थपियो सुरक्षा फिचर

काठमाडौं । महिन्द्रा बलेरोको ग्रिलमा व्यापक परिमार्जन गरिएको छ । कम्पनीले तयार गरेको नयाँ जेनेरेशन बलेरो केही दिनपछि भारतमा सार्वजनिक हुने भएको हो । संभवत आगामी हप्ता नयाँ बलेरो भारतमा बिक्री सुरु हुनेछ ।

कम्पनीले भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा ल्याउने बलेरोमा धेरै कस्मेटीक परिवर्तन गरिएको खबरहरु आउन सुरु भएका छन् ।

नयाँ बलेरो २०२० मोडलमा नयाँ ग्रिल, नयाँ हेडल्याम्प, नयाँ इन्ट्रुमेन्ट क्लस्टर रहने छ । यसमा नयाँ डिजायनको हेलोजिन हेडल्याम्प रहने छ भने साथमा बीम लाइट र हजार्ड लाइट इन्टीग्रेड गरिएको छ । साथै पार्किङ लाइटको पाटेसन समेत फरक रहेको छ ।

यसमा दिइएको फ्रन्ट बम्परको पनि कम्पनीले रिडिजाइन गरेर ल्याउने तयारी गरेको छ । फ्रन्ट ग्रिलमा एयर ड्याम र फगल्याम्प हाउजिङ उपलब्ध रहने छ । साथै, नयाँ बलेरोमा पछाडिको भागमा पनि परिमार्जन रहने छ ।

कम्पनीले नयाँ बलेरोमा १.५ लिटर थ्रि सिलिण्डर बीएस ६ इन्जिन रहने छ । साथै ५ स्पीड म्यानुयल गियरबक्सको साथ आउने उक्त इन्जिनले ७० बीएच पावर र १९५ एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।

नयाँ बलेरोमा सुरक्षा फिचरमा पनि थप गरिएको छ । यसमा २ वटा एयरव्याग, हाई स्पीड अलर्ट, सिट बेल्ट रिमाइन्डर, रियर पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध रहने छ ।


Back_to_top