काठमाडौं । नेपालमा भारतीय बजारमा उत्पादन भइरहेका थुप्रै ब्राण्डको पस्थिति रहेको भएपनि यूरो र अमेरिकी बजारमा उत्पादन हुने केही ब्राण्ड नेपाल ल्याउन प्रयास भइरहेको बुभिएको छ ।
अहिले भारतमा उत्पादन गर्ने तयारी चलिरहेका यूरोपियन ब्राण्ड सिट्रोन र चीनमा उत्पादन भइरहेको बगुवाड ब्राण्ड नेपाली बजारमा ल्याउन व्यससायीक घरानाले चासो देखाइरहेका छन् ।
त्यसैगरी प्रिमियम ब्राण्ड भोल्भो, चिनीयाँ ब्राण्ड ग्रेटवाल र अमेरिकी ब्राण्ड सेभ्रोलेमा पनि व्यवसायीक घरानाको आँखा गडेको छ । उनिहरुले यी ब्राण्डलाई नेपाल ल्याउन कोशिष गरिरहेका छन् ।
त्यसैगरी प्रिमियम ब्राण्ड अउडी, इलेक्ट्रीक ब्राण्ड टेस्ला र ल्याण्डरोभर ज्यागुअरपनि नेपाल ल्याउन विभिन्न व्यवसायीक घराना लागि रहेका छन् । छिट्टै बीएमडब्ल्यू र प्रोटोन नेपाली बजारमा सार्वजनिक हुने तयारी भइरहेको छ ।
अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण केही ब्राण्डको निर्णय हुन सकेको छैन भने ब्राण्ड लञ्च गर्ने तयारीमा रहेका बीएमडब्ल्यू र प्रोटोनको कार्यक्रम पनि केही ढिला भएको छ ।
अहिले नेपालमा करिब दुई दर्जन ब्राण्डका कारहरु बिक्री वितरण भइरहेका छन् । यस्तोमा करिब आधा दर्जनभन्दा धेरै ब्राण्डहरु नेपाल आउने तर्खरमा रहेका छन् । यसले आगामी दिनमा नेपालमा प्रिमियम गाडीको बिक्री बढ्ने संकेत गर्छ ।
कोरोनाको मार अटो क्षेत्रमा
कोरोनाको महामारी विश्वव्यापी रुपमा आउनुअघि नै नेपालमा कारको बिक्रीमा उच्च गिरावट आएको थियो । धेरै जसो कार बिक्रेता कम्पनीले आफुसँग भएको स्टक बिक्री गर्न नसकिरहेका अवस्थामा कोरोनाको मारसँग अवस्था झन् जटिल भएको छ ।
अहिले सरकारी स्तरबाट महंगा बस्तुको आयातमा कडाई सुरु भएसँगै यसको समस्या कहाँसम्म पर्छ भन्ने एकिन गर्न कठिन रहेको छ ।


