काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) सँग लड्न भन्दै मानिसहरुको भिडलाग्ने स्थानमा जम्मा नहुन आग्रह गरेसँगै सवारीसाधन चालक अनुमति पत्रको लागि आवेदन दिने काम स्थगन गरेको छ ।
साथै आवेदन दिएकाले ट्रायल परिक्षा समेत दिन पाउने छैनन् । यातायात व्यवस्था विभागले अर्को सुचना प्रकाशित नभएसम्मका लागि सवारी चालक अनुमति पत्र वितरणको सबै प्रकारको सेवा बन्द गरेको हो ।
यसका साथै सरकारले सवारीसाधनमा लाग्ने राजस्व तिर्न नजानपनि सर्वसाधारणलाई भनेको छ । समायवधि कटेपनि तिर्नु पर्ने राजस्वमा कुनै किसिमको जरिवाना नलिने सरकारले निर्णय गरेको हो ।


