भारतीय अटो उत्पादक मम्पनी महिन्द्रा एण्ड महिन्द्राले स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टर, नर्स लगायत सबैले प्रयोग गर्न मिल्ने मास्क उत्पादन सुरु गर्ने भएको छ । कम्पनीले यस्ता मास्कको उत्पादन भोलि ३० मार्चबाट गर्ने जनाएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक डा. पवन गोयन्काले मास्कको डिजाइन आज सार्वजनिक गरेका हुन् । सुरुवातमा यस्तो मास्क ५०० यूनिट निर्माण गर्ने र त्यसपछि यसलाई बढाउँदै लाने कम्पनीले जनाएको छ ।
यो मास्कको डिजाईन फोर्ड इन्डियाले गरेको समेत गोयन्काले जानकारी दिएका छन् । भारतमा फोर्ड र महिन्द्रा बीच नयाँ जेभी सुरु भएको छ ।

यसको साथै कम्पनीले कोरोना पिडित विरामीको उपचारको लागि भ्यान्टिलेटर उत्पादन गर्ने जनाएको छ । कम्पनीले यसअघि नै एउटा भेन्टिलेटरको प्रोटोटाइप बनाई सकेको छ । साथै अन्य ३ भेन्टिलेटर निर्माणको काम अघि बढीरहेको समेत गोयन्काले जानकारी दिएका छन् ।

