काठमाडौं । कारोना भाइरसको करण अहिले विश्वमा नै आतंक फैलिएको छ । विश्वका ठूला अर्थतन्त्रले समेत कोरोनाको कारण अर्थतन्त्रमा समस्या पारेको भन्दै यसबाट बच्न आन्तरिक तयारी गरिरहेका छन् ।
यस्तोमा गत आइतबार बसेको मन्त्रीपरिषदको बैठकले ५० हजार डलरभन्दा माथिका सवारीसाधनमा आयतमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि अर्थमन्त्रालयले १४ शिर्षकमा विनियोज गरिएको बजेट तत्काल खर्च नगर्न महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गरेको हो ।
यस्तोमा सरकारी कार्यालयले सवारीसाधन किन्न विनियोज गरेको बजेट अर्थमन्त्रालयले खर्च नगर्न र गाडी नकिन्न भनेको छ । यसले कोरोना सुरु हुनु अगाडि देखिनै विरामी अवस्थामा रहेको अटोमोवाइलको व्यापार कोरोना संकट समाधानपछि पनि राम्रो हुने देखिदैन ।


