काठमाडौं । हरेक दिन जस्तो इलेक्ट्रीक सवारी साधनको कन्सेप्ट आउने गर्छ । यस्ता कन्सेप्ट सावारीसाधानमा थौरै मात्र उत्पादनमा आउने गरेका छन् । यस्तै २०२१ मा सार्वजनिक गर्ने लक्ष्यसहित डेमोनले नयाँ इलेक्ट्रीक मोटरसाइकल कन्जुमर इलोक्ट्रोनिक्स शोमा प्रर्दशन गरेको थियो । कोलम्वीया वेस कम्पनीले जनवरी २०२० मा भएको उक्त शोमा यो मोटरसाइलम प्रदर्शन गरेको हो ।
यो हाइपर स्र्पोट मोटरसाइकलमा कम्पनीले नौलो सेफ्टि फिचर दिएको छ ब्लाइन्ड स्पट मोनिटरिङ, फरवार्ड कोलिसिन वार्निङ जस्ता कारमा प्रयोग हुँदै आएका प्रविधि यसमा प्रयोग गरिएको छ । साथै यसको ह्यान्डलबार, सिट हाइट, फुटपेगलाई समेत एड्जष्ट गर्न मिल्ने बनाएको छ ।
यो मोटरसाइकलको क्षमता २०० हर्स पावर उत्पादन गर्न सक्ने रहेको छ । यसमा कुन साइजको ब्याट्री प्रयोग भएको छ त्यसको बारेमा जानकारी दिइएको छैन ।
तर, एकपटकको फुलचार्जमा भने ३२० किलोमिटर चलाउन सकिने कम्पनीको दावी छ । यसमा रहेको ब्याट्री ३ घन्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ ।
यो मोटरसाइकल तिन सेकेन्डमा ०-६० को स्पीड पकड्न सक्छ । यो मोटरसाइकल २०२१ मा सार्वजनिक हुने अुनमान गरिएको छ । यसको अनुमानित मूल्य २५ हजार डलर (करिब २७ लाख रुपैयाँ)पर्ने छ ।


