सुजुकी स्वीफ्टमा नयाँ स्मार्ट प्ले, नेपालमा बीएस ६ मोडलको यस्तो छ मूल्य

काठमाडौं । मारुती सुजुकीले आफ्नो चर्चित ह्याचव्याक कार स्वीफ्टमा नयाँ मल्टी मिडिया दिने जनाएको छ । कम्पनीले आफ्नो पुरानो स्मार्ट प्ले इन्फोटेन्टमेन्ट सिस्टमलाई हटाएर नयाँ स्मार्टप्ले स्टूडियो दिने भएको हो । यसमा तस्विर हेर्ने, भिडियो प्ले गर्ने र सूचना प्रदान गर्ने फिचर चलाउन सकिन्छ ।

साथै, यसमा गुगलको प्ले स्टोरबाट डाउनलोड गरि स्मार्टफोन प्ले स्टुडियो एप समेत चलाउन सकिन्छ । यसमा अफलाईन नेभिगेशन, म्यूजिक, समाचार, स्पोर्टस् र मौसमको जानकारी पाउन सकिन्छ ।

कम्पनीले यसमा बीएस ६ मापदण्डको ११९७ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले ६००० आरपीएममा अधिकतम ८२ बीएच पावर र ४२०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्छ ।

नेपाली बजारमा सन् २००५ देखिनै बिक्री वितरण हुँदै आएको स्वीफ्ट निकै सफल मोडल हो । यसलाई नेपाली बजारमा सिजी मोटोकर्पले बिक्री गर्दै आएको छ ।

अहिले बजारमा नेपालमा बीएस ६ मापदण्डको स्वीफ्ट बिक्री हुँदै आएको छ । कम्पनीले दुई मोडलमा बिक्री गर्दै आएको स्वीफ्टको भीएक्सआई मोडलको मूल्य २९ लाख ९९ हजार र जेडएक्सआई भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top