भारतमा मोटरसाइकलको बिक्रीमा १७ प्रतिशतले गिरावाट, यस्तो छ कम्पनी अनुसारको बिक्री

काठमाडौं । भारत विश्वकै ठूलो मोटरसाइकल निर्माता र बिक्री हुने मध्यको एक देशमा पर्छ । भारतमा विश्वमा नै कम मूल्यमा मोटरसाइकल उत्पादन गर्नेदेखि महंगा मूल्यका मोटरसाइकल उत्पादन गर्ने कम्पनीसम्मले काम गरिरहेका छन् ।

अहिले भारतमा करिब १२ कम्पनीले प्लाट संचलन गर्दै आएका छन् । जसमा हिरो, होन्डा,टीभीएस, बजाज, सुजुकी, रोयल इन्फिल्ड, यामाहा, पियाजीयो, कावासाकी, हार्ले डेभिडसन, महिन्द्रा, ट्रायम्फ जस्ता ब्राण्डको उत्पादन हुँदै आएको छ ।

यसका साथै बजाजको प्लान्टमा केटीएम र हस्कभर्ना तथा टीभीएसको प्लान्टमा बीएमडब्ल्यू ब्राण्डका मोटरसाइकल उत्पादन हुँदै आएका छन् ।

यस्तोमा भर्रभरै सकिएको आर्थिक वर्ष २०१९/२० मा भारतमा १ करोढ ७४ लाख १७ हजार ६१६ यूनिट मोटरसाइकल बिक्री भएको छ । जुन गत आर्थिक वर्ष २०१८/१९ को तुलनामा १७ प्रतिशले कम हो । आर्थिक वर्ष २०१८/१९ मा २ करोड ११ लाख ७८ हजार ५३४ यूनिट मोटरसाइकल बिक्री भएको थियो ।

भारतमा बिक्रीका आधारमा हिरो पहिलो स्थानमा रहाँदा होन्डा दोस्रो र भीटीएस तेस्रो स्थानमा रहेका छन् ।

यस्तो छ कम्पनी अनुसारको भारतमा बिक्री


Back_to_top