मोटरसाइकलको खर्चमा चलाउन सकिने दुई इलेक्ट्रीक कार (मूल्यसहित)

काठमाडौं । चार वा पाँच लाख मूल्यको मोटरसाइकल किन्ने सोच बनाउने लागि यदि १५ लाख रुपैयाँसम्मको राम्रो इलेक्ट्रीक कार पाउने हो भने नेपालमा त्यसलाई राम्रो मान्न सकिन्छ । किनकी मोटरसाइकलमा हाल्ने पेट्रोल र सर्भिसमा लाग्ने खर्चले यस्ता गाडी चढ्न सकिने छ ।

विश्वमा इलेक्ट्रीक कारको बिक्रीमा आएको बढोत्तरीसँगै कम मूल्यमा उत्कृष्ट डिजाइनका कार उत्पादनमा होड सुरु भएको छ । यस्तोमा चिनियाँ कम्पनी ग्रेटवाल र बिवाइडीले उत्पादन गरेका दुई साना कारबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

यी दुबै मोडल २०१९ मा उत्पादन सुरु भएका कार हुन् । विशेषत सानो आकार, उत्कृष्ट पर्फमेन्सको कारण यी दुई कार चर्चामा रहेका हुने । संयोग नै माननु पर्छ यी कारको नाम पनि ‘इ-१ र आर-१’ राखिएको छ ।

आर-१

बिवाइडीका उत्पादन यसअघि देखि नै नेपाली बजारमा साइमेक्स इङ्कले बिक्री वितरण गर्दै आइरहेको छ भने ग्रेटवाल मोटर्स नेपाली बजारमा ल्याउन व्यवसायीक समूह लागि परेका छन् । यस्तोमा यी दुई कार नेपाली बजारमा आउने हो भने इलेक्ट्रीक कारको प्रतिस्पर्धा निकै रोच हुनेछ ।

इ-१

बिवाइडीले उत्पादन गरेको इ-१ र ग्रेटवालले उत्पादन गरेको आर-१ बीच रहेको तुलनात्मक भिन्नता हामीले यहाँ प्रस्तुत गर्न लागेका छौं ।


Back_to_top