सुजुकीले ल्याउँदै ‘स्माइल’ वागेनआर, ६६० सीसीको इन्जिन दिइने

जापानी अटो म्याग्जीन ‘एक्स’को रिपोर्ट अनुसार सुजुकी वागेनआर नयाँ फ्रन्ट फेसिकासहित बजारमा ल्याउन कम्पनीले काम गरिरहेको छ । म्याग्जीन एक्सले यसको फ्रन्ट फेसिका निकै यूनिक हुने दाबी गरेको हो ।

अहिले पनि वागेनआर दुई फरक फेसिकाको साथ बिक्री हुँदै आइरहेको छ । अब थप ‘स्माइल’ भेरियन्टसहित वागेनआर बजारमा आउने मिडिया रिपोर्टमा दाबी गरिएको छ ।

वागेनआर स्माइल निकै आकर्षक डिजाइनको साथ बजारमा आउने छ । कन्भेन्सनल अपर ग्रिलको साथ आउने वागेनआरमा राउन्ड हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, राउन्ड टर्न इन्डिकेटर जस्ता फिचर उपलब्ध रहने छ ।

तल्लो भागमा रेगुलर मोडलको जस्तै बम्पर दिइएको छ । यसको डिजाइन पनि रेगुलर मोडलको जस्तै रहेको छ । यसको साथै कम्पनीले यसमा ६६० सीसी क्षमताको इन्जिन दिन सक्ने बताईएको छ । उक्त इन्जिनले अधिकतम ६५०० आरपीएममा ४९ पीएस पावर र ५००० आरपीएममा ५८ एनएम टर्क प्रदान गर्नेछ ।

यसको साथै यसमा माइल्ड हाइब्रिड टेक्नोलोजीको प्रयोग गरिएको छ । उक्त हाइब्रिड मोटर्सले २.६ पीएस पावर र ४० एनएम टर्क प्रदान गर्नेछ । यसमा लिथियम आयोन व्याट्रीको प्रयोग गरिएको छ ।


Back_to_top