लकडाउनकै समयमा सार्वजनिक भए यी ११ नयाँ कार

काठमाडौं । कोरोना भाइरसको कारण लकडाउन भएकाले भारतमा गाडी उत्पादन गर्ने कम्पनीहरुले बीएस ६ मापदण्डका कारहरु अनलाइन मार्फत सार्वजनिक गरेका छन् । विभिन्न कम्पनीले आफ्ना ११ मोडलहरु बीएस ६ मा अपग्रेड गरेर सार्वजनिक गरेका हुन् ।

यसरी बीएस ६ मापदण्डका कार सार्वजनिक गर्नेमा हुन्डाई, टाटा, महिन्द्रा जस्ता कम्पनीहरु रहेका छन् ।

लकडाउन कै बीच सुजुकीले आफ्नो सेलेरियो एक्स मोडललाई बीएस ६ मापदण्डमा अपग्रेड गरेर ल्याएको छ । कम्पनीले यसमा दिएको १.० लिटर इन्जिनले अधिकतम ६८ बीएच पावर र ९० एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स दिइएको छ ।

हुन्डाईले आफ्नो इन्ट्री लेवल ह्याचव्याक कार सेन्ट्रो पनि अनलाइन मार्फत सार्वजनिक गरेको छ । १.१ लिटर फोर सिलिण्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ६८ बीएच पावर र ९९ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्सको बिकल्प पाउन सकिन्छ ।

हुन्डाई इलाइट आई २० पनि लकडाउनमा नै बीएस ६ मा अपग्रेड भएर आएको छ । कम्पनीले अनलाइनबाट यसलाई सार्वजनिक गरेको हो । यसमा रहेको १.२ लिटर फोर सिलिण्डर इन्जिनले अधिकतम ८२ बीए पावर र ११४ एनएम टर्क प्रदान गर्छ ।

हुन्डाई भर्ना फेसलिफ्ट कम्पनीले २७ मार्चमा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, त्यसअगावै लकडाउन सुरु भएकाले यसलाई पनि कम्पनीले अनलाइनबाट सार्वजनिक गरेको हो । यसमा १.५ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेलसहित तीन इन्जिन अप्सन उपलब्ध रहेको छ । यसमा ६ स्पीड म्यानुयल र ७ स्पीड ड्यूल क्लच ट्रान्समिसन दिइएको छ ।

महिन्द्रा केयूभी १०० एनटीएक्सपनि लकडाउनमा अनलाइनबाट सार्वजनिक भएको मोडल हो । कम्पनीले यसमा १.२ लिटर तीन सिलिण्ड पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले ८२ बीएच पावर र ११५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स उपलब्ध रहेको छ ।

महिन्द्राको चर्चित एसयूभी स्कोर्पियो पनि लकडाउनमा नै सार्वजनिक भएको अर्को मोडल हो । यसमा कम्पनीले २.२ लिटर डिजेल इन्जिन प्रदान गरेको छ । उक्त इन्जिनले १४० बीएच पावर र ३२० एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

महिन्द्राको अर्को एसयूभी एक्सयूभी ५०० को बीएस ६ भर्सनपनि अनलाइनबाट सार्वजनिक भएको मोडल हो । कम्पनीले यसमा २.२ लिटर डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १५३ बीएच पावर र ३६० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिएको छ ।

महिन्द्राले अल्टुरस जी४ पनि अनलाइनबाटै सार्वजनिक गरेको हो । कम्पनी यसमा २.२ लिटर ४ सिलिण्डर डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले १७८ बीएच पावर र ४२० एनएम टर्क प्रदान गर्छ । यसमा ७ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।

जीपले आफ्नो कम्पासको बीएस ६ मोडलपनि अनलाइन सार्वजनिक गरेको हो । कम्पनीले यसमा १.४ लिटर टर्बो पेट्रोल र २.० लिटर डिजल इन्जिन दिएको छ । यसमा म्यानुयल र अटोमेटिक दुबै गियरबक्स उपलब्ध रहेको छ ।

एमजीले हेक्टरको डिजेल भेरियन्ट सार्वजनिक गरेको छ । यसमा २.० लिटर इन्जिन दिइएको छ । उक्त इन्जिनले १७० बीएच पावर र ३५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

टाटाले नेक्सनको नयाँ भेरियन्ट ‘एस’लाई पनि अनलाइन सार्वजनिक गरेको छ । कम्पनलिे ल्याएको नेक्सन एस भेरिएन्टमा १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन उपलब्ध रहेको छ । यसमा ६ स्पीड म्यानुयल र अटोमेटिक दुबै गियर अप्सन पाउन सकिन्छ ।


Back_to_top