रोयल इन्फिल्डको २५० सीसीमा एडभेञ्चर बाइक !

काठमाडौं । रोयल इन्फिल्डले नयाँ एडभेञ्चर मोटरसाइकल निर्माण गर्ने भएको छ । कम्पनीले सन् २०२१ मा २५० सीसी क्षमताको नयाँ एडभेञ्चर मोटरसाइकल ल्याउने भएको हो ।

कम्पनीले नयाँ २५० सीसीको एडभेञ्चर मोटरसाइकल हिमालयन सिरिज अन्तर्गत नै ल्याउने अनुमान गरिएको छ ।

बजारमा एडभेञ्चर मोटरसाइकलमा ठूलो ग्याप रहेको भन्दै कम्पनीले २०० र ३५० सीसी बीचको ग्यापमा सन्तुलन ल्याउन लागेको हो । रोयल इन्फिल्ड हिमालयन २५० ले उक्त ग्याव पुरा गर्ने विस्वास कम्पनीले लिएको छ ।

कम्पनीले यो मोटरसाइकलको बारेमा आधिकारिक जानकारी भने सार्वजनिक गरेको छैन । हालै सार्वजनिक भएको एक रिपोर्टका अनुसार हिमालयन २५० हिमालयन ३५० भन्दा केही सानो साइजमा निर्माण हुने छ । यो मोटरसाइकलले हिरो एक्सपल्स २०० तथा केटीएम २५० एड्भेन्चर जस्ता मोटरसाइकलसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

अहिले रोयल इन्फिल्ड हिमालयन ३५० नेपाली बजारमा बिक्री भइरहेको छ । नेपालमा समेत २५० सीसी सेग्मेन्टमा मोटरसाइकलले राम्रो बजार हिस्सा पाउन सफल भइरहेको छ । यस्तोमा भारतीय बजारमा सार्वजनिक भए पश्चात् नेपाली बजारमा पनि भित्रने अनुमान गरिएको छ । हाल नेपाली बजारमा रोयल इन्फिल्ड ३५० को मूल्य ६ लाख २५ हजार रहेको छ ।


Back_to_top