टीभीएसका उपत्यकामा १२ सहित करिब ६० सर्भिस सेन्टर आजबाट खुल्ला

काठमाडौं । उपत्यका लगायत सबै मुख्य सहरमा रहेका सर्भिस सेन्टरहरु आजबाट धमाधम खुलेका छन् । टीभीएसले उपत्यकामा रहेका ३२ सर्भिस सेन्टर मध्ये १२ वटा संचालनमा ल्याएको जनाएको छ भने उपत्यका बहिरपनि आजबाट खोल्न सुरु गरेको जनाएको छ ।

‘अहिले उपत्यकामा १२ वटा सर्भिस सेन्टर संचालनमा ल्याएका छौं । अब विस्तारै अवस्था र आवस्यकता हेरि थप सर्भिस सेन्टर खोल्ने योजना बनाएका छौं’, जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक अग्रवालले भने ।

अग्रवालका अनुसार उपत्यका बाहिर बिराटनगर, लाहान, जनकपुर, चितवन, पोखरा, बुटवल, भैरहवा, नेपालगंज, धनगढीलगायत मुख्य सहरहरुमा आफ्नो सर्भिस सेन्टर संचालनमा आएको हो ।

टीभीएसले अहिले नेपालभर ११५ सर्भिस सेन्टरको माध्यमबाट आफ्नो सेवा दिदै आएको छ । आजबाट लगभग ६० को हाराहारीमा सर्भिस सेन्टरले काम सुरु गर्ने कम्पनीले जनाएको छ ।

उपत्यकामा खुलेका मुख्य सर्भिस सेन्टरबाट तत्काल विगत ४५ दिनदेखि अत्यावश्यक सेवाको लागि चलाइएका मोटरसाइकलहरुलाई सेवा दिने कम्पनीले जानकारी दिएको छ । उपत्यकाको मुख्य क्षेत्रमा रहेको टेकु, बालकुमारी, सामाखुसी एरियाका सर्भिस सेन्टर खुल्ला रहने छन् ।


Back_to_top